काठमाडाै । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर : सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुुम्वाहाङफेले कार्यक्रमको शुभारम्भ गर्दै संविधान जारी भएपछि सङ्घीय संसद्ले १८ महीना पूरा गरेको र यस अवधिमा जनचाहना पूरा गर्न संसद् प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गरे ।
उनले भने, \'संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउन महिला सांसदले आफ्नो भूमिका अझ बढाउनुपर्छ । तपाईहरु लाज र धक नमानी जनताका कुरा सदन र समितिका बैठकमा राख्नुहोस् ।\' उपसभामुख तुम्वाहाङफेले ‘सदनमा महिला सांसदको भूमिका राम्रो भएन’ भन्नेलाई सदनका हरेक गतिविधिमा भाग लिई आफ्नो विज्ञता प्रस्तुत गर्दै जवाफ दिनु भने ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सदनमा महत्वपूर्ण कुरा राख्छौ तर ससाना कुराको ख्याल नराख्दा यसले सिङ्गो सदनको प्रभावकारितामा असर पुर्याइरहेको हुन्छ भने । उनले भने, \'राष्ट्रियसभाको हालैको एकदिनको बैठकमा बोलिरहे सांसदको समय सकिन लाग्यो भनेर मैले पहेलो बत्ती बाले, बत्ती बल्ने वित्तिकै उनले आफ्नो भनाइ अन्त्य गरे । बत्ती बलेपछि पनि एक मिनेट समय त बाँकी त थियो नी । एक मिनेटमा पनि धेरै विषयगत कुरा राख्न सकिन्थ्यो होला ।\'
संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले शून्य, विशेष, ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी राख्ने भन्ने जानकारी दिँदै छोटो समयमा बुँदागत आफ्ना भनाइ राख्न सांसदलाई आग्रह गरे । उनले भने, \'जनताले जनताका लागि नयाँ संविधान बनाइ जारी गरेकाले आन्दोलन होइन, संविधान कार्यान्वयतर्फ लागौँ । संविधानको कार्यान्वयनले मात्र समृद्धि हासिल गर्न सकिन्छ ।\'
सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सङ्घीय संसद्लाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि अन्तरक्रियाको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
अन्तरक्रियमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर : सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: