काठमाडौं । सांसदहरुले भ्रष्टाचार नियन्त्रण वन विनास तथा बन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद बिमला नेपालीले भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्ने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइन् ।
उनले सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौला मार्फत मन्त्रीका आफन्तहरुले बार्गेनिङ गरेको गुनासो आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठुलाबडाले गरेको करोडौको भ्रष्टाचार नदेख्ने र साना कर्मचारीलाई पक्रनेको नाममा फसाउने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद बिमला बिकले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बागको आक्रमणमा परि गेरुवा र ठाकुरद्धारा गाउपालिकाका २ जना स्थानीयको मृत्यु भएको भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरिन् । मुलुकभर नै जंगली क्षेत्र वा निकुञ्ज नजिक बस्ने सर्वसाधरण जंगली जनावरको आक्रमणबाट बच्न बासस्थान छोडेर अन्यत्र जाने क्रम बढेको भन्दै उनले निकुञ्जको सिमानामा ठुला ठुला पर्खाल निर्माण गरि स्थानीयको जीउ धनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद भरतकुमार शाहले सरकारले मलखादमा यसअघि दिदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानले पाएको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भीमसेनदास प्रधानले सरकारले यस बर्षलाई वृक्षरोपण बर्ष घोषण गरेको भएपनि त्यस विपरित बन मास्ने काम भएको तथा राजधानी नजिकका वरपरका डाँडामा पनि भु माफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले बन जंगल मास्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद मिना सुब्बाले मुलुकभर डेंगुको प्रकोप फैलिरहदा पनि नियन्त्रण तर्फ सरकार गम्भीर बन्न नसकेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले धरानबाट देखिएको डेंगु संक्रमण अहिले ४२ जिल्लामा फैलिसक्दा पनि प्रभावकारी कदम चाल्न नसक्नु ‘सरकारको असक्षमता र लापरवाही’ भएको बताए ।
सांसद यज्ञ बहादुर बोगटीले अछाम जिल्लाको मध्यपहाडी लोकमार्ग अन्र्तगत गैहीटार विनायक खण्ड अन्र्तग कमलबजार नगरपालिका वडा नम्बर ५ किर्तीपुर खण्डमा लामो समय देखि सुख्खा पहिरो गईरहेको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । सांसद राजेन्द्र कुमार केसीले भने शुन्य समयमा बोलेका विषयको कही कतैबाट सुनुवाई नभएको भन्दै आफुलाई उपलब्ध गराईएको समयमा मौन ब्रत राखेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: