काठमाडाैं । थरुहट थारुवान राष्ट्रिय सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । यही भदौ ७ देखि ९ गतेसम्म कैलालीको टिकापुरमा भएको राष्ट्रिय सम्मेलनले थारुको संयोजकत्वमा एक सय एक सदस्यीय मोर्चा गठन गरेको हो ।
मोर्चाको प्रवक्तामा मिनराज चौधरी, महासचिव तुलसी थारु रहेका छन् । यसका साथै सम्मेलनले विभिन्न निर्णयहरु गर्दै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा जोड दिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसहित आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।
टिकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता र निःसर्त रिहाइको माग गरेको छ ।
यस्तै टिकापुर घटनाबारे छानविन गर्न तत्कालिन सरकारबाट गठित पूर्व न्यायाधीश गरिशचन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका लागि पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ ।
२०७२ साल भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक बालकको मृत्यु भएको थियो । यस्तै मोर्चाले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यअनुरुप संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ ।
तीन चरणको संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाले टिकापुर घटना भएको दिन भदौ ७ लाई हरेक वर्ष थरुहट आन्दोलनको विद्रोह दिवसको रुपमा मनाउनेदेखि अनिश्चितकालिन बन्दका कार्यक्रमसम्म रहेका छन् ।
पहिलो र दोस्रो चरणको संघर्षका कार्यक्रमको मिति तय गरिए पनि तेस्रो चरणको आन्दोलनको कार्यक्रमको मिति भने सार्वजनिक गरिएको छैन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: