Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

बाख्रापालनमा रमाउँदै द्धन्द्धपीडित लडाकु

चितवन । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन शुरु गरेका हुन् ।

माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन शुरु गरेका हुन् । सशस्त्र द्वन्द्वमा लागेका गोलीका छर्रा काफ्लेको खुट्टामा अझै छ भने तिवारीले बाँदरमुढे घटनामा श्रीमती, छोरा र भाउजू गुमाएका थिए ।

द्वन्द्वमा राज्य पक्ष र विद्रोहीबाट पीडा खेपेका उनीहरुले समाजलाई नयाँ सन्देश दिनका लागि पनि यो व्यवसाय शुरु गरेको बताए । करीब चार बिघा जग्गा भाडामा लिएर उनिहरुले बाख्रापालन शुरु गरेका छन् । खोरमा यतिबेला विभिन्न जातका ११५ वटा बाख्रा रहेका छन् भने बारीमा घाँस लगाइएको छ ।

काफ्लेका अनुसार उन्नत जातको बयर र स्थानीय जात जमुनापारिसँगै खरी जातका बाख्रापालन गरिएको छ । बारीमा अहिले थाइल्याण्डबाट ल्याइएको सुपर नेपियर नामक घाँस लगाइएको छ । जसमा बाख्रालाई आवश्यक पर्ने पौष्टिक तत्व बढी हुने काफ्लेले जानकारी दिए ।

तिवारीका अनुसार करीब रु ४५ लाखको लागतमा बाख्रापालन व्यवसाय शुरु गरिएको हो । उन्नतजातका पाठापाठी उत्पादन गरी किसानको जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यका साथ यो व्यवसाय शुरु गरिएको तिवारीले बताए । शुभारम्भ एग्रोफर्मको नामबाट अहिले व्यावसायिक बाख्रा फार्म सञ्चालनमा रहेको छ । फार्ममा बोयरबाट शुद्ध बोयर र स्थानीय जातसँग क्रस गराएर पाठापाठी उत्पादनको काम पनि भइरहेको छ ।

फार्मले सञ्चालनको पहिलो वर्षमा नै नगरपालिकाबाट उत्कृष्ट बाख्रा फार्मको रुपमा सम्मानसमेत पाइसकेको छ । जहाँ अहिले दैनिक चार जनाले रोजगार पाइरहेका छन् भने अब बिक्री वितरणका लागि बाख्रा तयार भएका छन् ।

दुवै जना द्वन्द्वबाट पीडित भएका कारण अब व्यवसाय गरेर जीवनस्तर उकास्नु पर्छ भनेर व्यवसाय शुरु गरेको काफ्लेले बताए । द्वन्द्वकालमा लागेको गोलीका छर्रा बोकी रहेका काफ्लेले अहिले दलहरुबीचको असमझदारी देखेर दिक्क लागेपछि जीविकोपार्जनका लागि व्यवसाय शुरु गरेको गुनासो गरे। परिवार गुमाएका तिवारीले पनि मन भुलाउनका लागि काम थालेको बताए। रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy