Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

काबुल । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् ।

अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि वार्ता जारी छ । वार्तामा तालिबान समूहले अफगानिस्तानलाई आतंकवादको अखडा बन्नबाट आफूहरुले रोक्ने विश्वासिलो आधार प्रस्तुत गर्न प्रयासरत छन् ।

“हामी सम्झौताको अति निकटमा छौं । हाम्रा मुस्लिम दाजुभाइ तथा स्वतन्त्रता पक्षधर सबैलाई हामी एउटा खुशीको समाचार ल्याउने आशामा छौं,” तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटमा भनेका छन्।

वासिङ्टनमा जनरल जोसेफ डनफोर्डले अमेरिकी सेनाले अफगानिस्तान छाड्नुअघि केही विषयमा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले सम्झौता बमोजिम सेना फिर्ता हो भनेर अहिल्यै भन्न नसकिने बताए।

“हामी अफगानिस्तान आतंकवादीको अखडा नबनोस् भन्ने चाहन्छौं । अफगानिस्तानमा शान्ति र स्थिरता हाम्रो चाहना हो,” उनले भने ।

रक्षामन्त्री मार्क एस्परले पनि तालिबान विद्रोहीले अफगानिस्तानलाई आतंकवादीको अखडा बन्नबाट रोक्नुपर्नेमा जोड दिए । उनले अमेरिका विरुद्ध हुने कुनै पनि प्रकारका आक्रमण आफूहरुलाई स्वीकार्य नहुने पनि बताए ।

संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिवानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो ।

वासिङ्टनले हाल सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।

अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदाहरु रहेका छन् ।

अमेरिकी जनरल डनफोर्डले तालिबानसँगको सम्झौता शर्त–सहितको हुने बताए । विद्रोही नेताहरु भने अफगानिस्तान–पाकिस्तानको सीमावर्ती क्षेत्रमा पछिल्लो सम्झौताको मस्यौदामाथि विचारविमर्श गर्न थालेका छन् । पाकिस्तानमा रहेका तालिबानका एकजना वरिष्ट कमान्डरले भने, “सबै शुरा सदस्यहरुलाई सम्झौताको मस्यौदा दिइएको छ र उनीहरुले यसमाथि गम्भीर अध्ययन गरिरहेका छन् । दोहामा रहेको तालिबान टोलीलाई अझै सम्झौताका बारेमा अघि बढ्न आदेश दिइएको छैन ।”

उनले भने, “यसका लागि अझै एक वा दुई दिन लाग्नेछ किनभने तालिबानका नेताहरुले फिल्डमा खटिएका कमान्डरहरुको विश्वास लिन केही दिन लाग्नेछ ।”एएफपी

अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि सम्झौताका बारेमा अफगान राष्ट्रपति अश्रफ घानीसँग कुराकानी गर्न एक दुई दिनभित्रै काबुल आउने कार्यक्रम तय भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending