Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रहरी डिएसपीबाट वडाअध्यक्षमाथि हातपात

दोलखा ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर चारका वडाअध्यक्ष हरिवंश चौँलागाईले दोलखाका प्रहरी प्रमखु डिएसपी मानबहादुर राईले आफूमाथि दुर्व्यवहार र हातपात गरेको बताएका छन् ।

सदरमुकाम चरिकोटमै भएको हत्याको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय पुगेका बेला डिएसपी राईले आँफुलाई प्रहरी कार्यालयभित्रै दुर्व्यवहार गर्दै हातपात गरेको वडाअध्यक्ष चौँलागाईको भनाई छ । चौँलागाईले आज साँझ विज्ञप्ती जारी गरि सदरमुकाम चरिकोटमा हत्या गरिएका पवन बस्नेतको घटनाको अनुसन्धानबारे चासो राख्दा डिएसपी राईले आफूमाथि दुर्व्यवहार गरेको बताएका हुन् ।

मृतक पवनका बुबा हिमालय बस्नेतसहित डिएसपीको कार्यकक्षमा पुगेका बेला डिएसपी राईले अनुसन्धानलाई प्रभाव पार्न खोजेको भन्दै अपशब्द प्रयोग गरेर बसेको कुर्सीबाट हातपात गर्दै बाहिर निकाल्न खोजेको चौँलागाईको भनाई छ । वडाअध्यक्ष चौँलागाईले डिएसपी स्वयमले कानुन हातमा लिएर जनप्रतितिनिधि माथि नै हातपात गर्नु गम्भिर घटना भएको भन्दै छानविनको माग गरेका छन् । साथै उनले मृतक पवन बस्नेतको हत्याको घटनालाई प्रहरीले अन्यत्र मोडन खोजेको र दोषीको पहिचान नगरी मुद्धाको अनुसन्धानमा ढिलासुस्ती गरेको आरोप समेत लगाएका छन् ।

यसैबीच, दोलखाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राईले भने आँफुले वडाअध्यक्षमाथि दुव्यर्वहार र हातपात नगरेको प्रतिक्रिया दिएका छन् । डिएसपी राईले अनुसन्धानका क्रममा रहेको घटनाको बारेमा वडाअध्यक्ष चौँलागाई सहितको टोलीले चासो राख्दै प्रहरीलाई दवाव दिएका कारण अनुसन्धनमा रहेको मुद्धालाई प्रभावित पार्नेगरि प्रस्तुत नहुन आग्रह मात्रै गरेको दावि गरेका छन् ।

\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy