चितवन । तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात (लट्टे्) खाने गरिन्छ ।
पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको धान लगाउने प्रचलन कम हुँदै गएपछि चामलको अभाव हुन थालेको हो । पाइहालेमा पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहिआएको छ ।
लामो समयदेखि चामल मिल सञ्चालन गर्दै आएका उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार यस वर्ष अनदीको चामल प्रतिकेजी रु २२५ मा बिक्री भएको छ । आफूले प्रयोग गर्न राखेको धानबाट बढी भएर बिक्री गर्नेबाट पाएको थोरै चामल मात्र बिक्री गर्न पाएको सुवेदीले बताए ।
उनले भने, “थोरै थियो, किन्न चाहनेलाई पु-याउन सकिएन ।” हरेक वर्ष चामलको अभाव हुँदै गएको उहाँको भनाइ छ । उद्योग वाणिज्य महासङ्घका प्रदेश नं ३ का उपाध्यक्षसमेत रहेका गौतमले आफ्नो मिलमा अनदीको चामल र धान बिक्री गर्न कोही नआएपछि बजारबाट खोजेर घरका लागि चामल किन्नु परेको बताउँछन् । उत्पादन कम हुने र अग्लो हुँदा हावाले ढाल्ने भएकाले धान लगाउने क्रम घटेको उनको भनाइ छ ।
भरतपुर महानगरपालिका–११ मा रहेको वशिष्ठ तेल उद्योगका सञ्चालक कृष्ण भट्टराई चामल नपाएर बिक्री गर्न नसकेको बताए । पोखराबाट आएको चामल सकिएपछि खोज्दा पनि नपाएको उनको भनाइ छ । ग्राहकहरु आउने क्रम भइरहे पनि चामलको अभावमा फर्कनुपरेको भट्टराईले बताए ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले अनदीको धान लगाउने क्रम बर्सेनी घट्दै गएको बताउँछन् । उन्नत जातको धान प्रतिहेक्टर छ टनसम्म फल्ने भए पनि अनदीको धान मुस्किलले दुई टन फल्ने भएकाले धेरै जमीन हुनेले घरायसी प्रयोजनबाहेक व्यावसायिक प्रयोजनका लागि लगाउन छाडेको उनको भनाई छ ।
श्रेष्ठले अनदी पुरानो जात भएकाले उत्पादन कम भएकै कारण कृषकले खेती गर्न छाडेको बताउँछन् । चितवनमा मुस्किलले दुई प्रतिशत मात्र अनदीको धान लगाउने गरेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार जिल्लामा २९ हजार हेक्टरमा धान लगाउने गरिन्छ । गत आर्थिक वर्षमा ९७ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको छ ।
थारू समुदायले चिचर बनाउनको लागि अनदी धान लगाउने गर्दछन् । लट्टेका लागि रातो अनदी प्रयोग हुन्छ भने चिचरका लागि सेतो अनदी प्रयोग हुने गर्दछ ।
पछिल्ला वर्षहरुमा झण्डै एक महीनादेखि इस्टमित्र, आफन्त, साथीभाइ, कार्यालयका महिला कर्मचारीलाई दरको नाममा भोज खुवाउने प्रचलन बढेको छ । दरका लागि अनदीको चामलको माग बढेको भए पनि उत्पादन घटेपछि मूल्य आकाशिएको हो । यससँगै पुस १५ मा पनि लट्टे खाने चलन रहेको छ । अन्य चामलको तुलनामा अनदीको चामलको लट्टे कम बढ्ने भएकाले महँगो चामलको लट्टे थोरै व्यक्तिलाई धेरै आवश्यक पर्ने गर्दछ । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: