Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैंया मै मोबाइल

काठमाडौं । मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल खरिद गर्न पाईने अफर आएको छ । रिचार्जरका एकजना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने जनाइएको छ ।

भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने छ । बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।

एनआईसीको मोलाइल एपबाट बुकिङ्ग गर्दा छुट

रिचार्जरले सञ्चालन गरेको मेलामा एनआईसी एशिया बैंकको मोबाइल एपबाट मोबाईल बुकिङ गर्दा छुट पाईने भएको छ । एपबाट बुकिङगर्दा वानप्लस सेभेन मोबाइल खरिदमा १० प्रतिशतसम्मको क्यास व्याकदिने योजनापनि रिचार्जरले ल्याएको छ । योजनाअनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वानप्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ ।

अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ ।

५० प्रतिशतसम्मको छुट

साथै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामाअफर भित्रअफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफरभित्र अफरसहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम् गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ ।

‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना

विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गरेको हो । मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । सबै अफरमा सहभागिहुनका लागि सेवाग्राहीले एण्ड्रोइड तथा आईफोनमा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालनमा ल्याउनु पर्ने हुन्छ ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । नजिकिदै गरेको दशै तथा तिहारको अवसर पारेर रिचार्जरले जीप कम्पनिको हरेक गाडीको खरिदमा १ लाख क्यास व्वाइन्ट समेत उपलब्ध गराउने भएको छ ।

यसका साथै रिचार्जर एप डाउनलोड गरी खाताखोली कारोबार गर्ने मध्येबाट एक जनालाई रिचार्जरले सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यहीभदौ २९ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।

रिचार्जर एप डाउनलोड गर्दा तत्काल १०० क्यास प्वाइन्ट

गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ ।

विभिन्न किसिमका सेवाहरुको बिलभुक्तान गर्दा पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामानखरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समय पछि यस्तो क्यास प्वाइन्टबाट मात्रपनि सामान खरिद गर्न सकिने छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies