काठमाडौं । नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ।
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय विषयमा मत बाझिएका कारण समिति खासै कुनै निष्कर्षमा पुग्न सकेन।
वंशजका आधारमा प्रदान गरिने नेपाली नागरिकताको प्रमाणपत्रमा किन पतिको नाम राख्ने भनी प्रश्न गर्दै नेकपा सांसद यशोदा सुवेदीले भनिन्, ‘पति कुनै पनि महिलाको वंशज होइन, नागरिकतामा श्रीमान्को नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिनु हुन्न।’
उनको यस्तो भनाइ आएसँगै नागरिकतामा पतिको नाम उल्लेख गर्ने कि नगर्ने वा के गर्ने भन्ने विषय नै बैठकले लामो समय खर्चियो। बैठकमा साेही दलका सांसद महेश्वरजङ्ग गहतराजले भने, ‘नागरिकतामा पतिको नाम राख्नुपर्छ भने लैङ्गिक समानताका लागि श्रीमान्को नागरिकतामा श्रीमतीको नाम पनि उल्लेख हुने व्यवस्था गरौँ।’
उपसमितिका संयोजकसमेत रहेका सांसद विजय सुब्बाले बैठकमा भने, ‘एउटै पार्टीका सांसदबीचमा पनि कहिल्यै सहमतिका लागि भेट नहुने ढङ्गबाट बहस गरिरहेका छौँ, यसलाई सुधार गर्न आवश्यक छ।’
सांसद झपट रावलले मुलुकको सार्वभौमसँग जोडिएको नागरिकता जस्तो महत्वपूर्ण विषयमा छलफल गरिरहँदा विगतमा ४० लाखभन्दा बढी गैरनेपाली नागरिकलाई वितरण गरिएको भनी प्रश्न उठेको विषयमा छानबिन गर्न तथा प्रदेश मैत्री नागरिकता प्रमाणपत्रको व्यवस्था गर्ने विषयमा ध्यान पुर्याउन सुझाव दिए।
उपसमितिले विवाह वा सम्बन्धविच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिलो लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ भन्ने विषयमा सहमति भएको प्रतिवेदन बुझाएको थियो।
उक्त विषयमा दिनभर छलफल भएर पनि सहमति नजुटेपछि पुनः छलफल गर्ने सहमति भएको थियो। उमेर फरक परेको खण्डमा लिएको एक वर्षभित्र सच्याउन सकिने व्यवस्था रहेको नागरिकतासम्बन्धी विधेयकमा नाम, थरलगायत स–साना गल्ती कमजोरीलाई एक पटक रित पुर्याएर सहजरूपमा सुधार गर्न सकिने प्रावधान राख्न भने सहमति भएको छ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: