Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बौद्धबाट एघार महीनामा ८४४ जना पक्राउ

काठमाडौ । बौद्धस्थित महानगरीय प्रहरी वृतले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपति ८४४ पक्राउ परेका थिए ।पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरर्जस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो । पक्राउ परेकाहरूबाट रु ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महाङ्कालबाट रु एक लाख ९६ हजार १५० बरामद गर्नाका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिङ्गी, चार महिला र तीन पुरुष थिए ।

त्यस्तै चोरीेको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्ष मुनिका बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबु आमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ ।

प्रहरीले गत फागुन ११ मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्ष मुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुव्र्यसनीमा फस्दै गएको पाइएको छ ।

पहिल्लो ११ महीनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागुऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए । विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नाका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएको थियो । जबरर्जस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो । सहमतिमा ‘लिभिङ टुकेदर’ बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरर्जस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए । ‘लिभिङ टुकेदर’सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले बताए ।

त्यस्तै बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाएकोे थियो ।

त्यस्तै ११ महीनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नाका साथै तयारी अवस्थामा रहेको हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएकोे थियो ।अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE