सिन्धुपाल्चोक । प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीहरु सबैमा शौचालयहरु निर्माण भई प्रयोगमा आएपछि सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताए ।
सिन्धुपाल्चोक जिल्लामा ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा स्थानीय पालिकाहरू छन् । सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये ६८ औं स्थानमा परेको छ ।
खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन् । उनले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भैरहेको बताइन् ।
“नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ। दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन”, उनले भनिन् ।
“भारत लगायत अरु देशहरु पनि खुल्ला दिसामुक्त अभियान छन्। तर, नेपालको अभियान अरु देशको भन्दा पृथक छ। अरु देशमा यो अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन्। तर, नेपालमा सिङ्गो देश र सम्पूर्ण नागरिक नै यो अभियानमा सामेल छन्।”खुल्ला दिसा मुक्त घोषणा अभियान एउटा सामाजिक अभियान रहेको बताउँदै मन्त्री मगरले यसलाई महाअभियानको रूपमा अघि बढाउदै पूर्ण सरसफाइको अभियानमा गुरुयोजना बनाएर काम गरिदै गरेको जानकारी दिइन् ।
मेलम्ची आयोजनासँग सम्बद्ध समस्याहरूको सम्बोधन हुने
मेलम्ची आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरूको माग सरकारले छिट्टै समाधान गर्ने बताइन् । मन्त्री मगरले भनिन्, “हामी नेपाली कामदार, स्थानीय भेन्डर र अन्य सरोकारवालाका मागप्रति गम्भीर छौं। तर, कानूनभन्दा बाहिर गएर हामी निर्णय गर्न नसक्ने परिस्थितिमा छौं, उहाँले भन्नुभयो, “वैधानिक बाटो खोजेर समस्या समाधान गर्न हामी निरन्तर लागिरहेका छौं।”
प्रतिनिधि सभाका सांसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्लालाई खुला दिसा मुक्त जस्तै खानेपानी समस्या मुक्त जिल्ला बनाउनुपर्ने माग गरे ।
सिन्धुपाल्चोक जिल्लामा पर्ने चौतारा साँगाचोक गढी नगरपालिकामा १४ हजार १ घरधुरी, बाह्रबिसे नगरपालिकामा ७ हजार ९ सय ९६, मेलम्ची नगरपालिकामा १३ हजार ४ सय २१ घरधुरी, बलेफी गाउँपालिकामा ६ हजार ५४, पाँचपोखरी गाउँपालिकामा ७ हजार ३ सय ५९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ हजार ३ सय ७६, इन्द्रावती गाउँपालिकामा ८ हजार ९, लिसंखुपाखर गाउँपालिकामा ५ हजार ३ सय ७६, भोटेकोशी गाउँपालिकामा ४ हजार २ सय २६, सुनकोशी गाउँपालिकामा ५ हजार ७ सय ४९, जुगल गाउँपालिकामा ५ हजार ६ सय ६६ र हेलम्बु गाउँपालिकामा ५ हजार ४ सय २२ घरधुरीहरु रहेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: