Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पशुपतिमा राष्ट्रियगान बजाउनु हाम्राे मौलिक संस्कृति विपरित हुन्छ

काठमाडौं । सरकारले पशुपतिमा राष्ट्रिय गीत गाउन दिएको निर्देशन वास्तवमै हाम्रो धर्म संस्कृति विरोधी कुरा हो । पशुपति आर्यघाटमा आरती मात्र नभई दाहासंस्कार पनि हुन्छ । पुजाआजा गर्नेसँगै मलामी र आफ्ना परिवारजनलाई दाह गर्न पनि मानिसहरु आउँछन् ।

नेपालको राष्ट्रिय गान गाईरहँदा त्यसको एउटा परम्परा अनि आफ्नै मौलिकता पनि हुन्छ । त्यो गाईरहँदा या सुन्दा हामी उभिनु पर्दछ । संसदमा राष्ट्रिय गान गाउँदा पनि सभामुखदेखि हामी सबै उभिन्छौं ।

त्यो दाह संस्कार गरिरहेको पुत्र पुत्रीले राष्ट्रिय गान गाउँदा उभिनी कि नउभिनी ? दाहसंस्कार गर्ने कि ठिंग रोकिने ? एउटा मौलिक परम्परा रहेको पशुपतिनाथ जहाँ नेपाली मात्र होइन् विश्वका करोडौं हिन्दुहरु पुजाआजा गर्न आउँछन् । तिनलाई के थाहा त्यहाँ राष्ट्रिय गान बज्छ भन्ने । उ श्रद्धासाथ दर्शन गर्छ, उसले राष्ट्रिय गान बज्दा उभिएन भने के हुन्छ ? राष्ट्रियगानमाथि सम्मान जनाउँछ कि त्यसको वेइज्जत हुन्छ ।

यसकारण नेपाल सरकारको निर्णयलाई पुनरावलोकन गर्नुपर्छ । त्यस्तो ठाउँमा राष्ट्रिय गान बजाउँदा त्यसको गरिमा पनि हुँदैन् र अनादर मात्रै पैदा हुन्छ । सिनेमाहलमा गराउने जस्तो पशुपतिनाथमा राष्ट्रिय गान बजाउने कुरा भईरहेको छ । राष्ट्रिय गान त राष्ट्रपति जाने ठाउँमा, प्रधानमन्त्री जाने, सभामुख जाने, विभिन्न राष्ट्रिय कार्यक्रम हुने ठाउँमा बजाउने हो । जहाँ पाए त्यहिँ बजाउने भन्ने हुँदैन् ।

प्रत्येक शुक्रबार घण्टाघरको मस्जिदमा मुश्लिमहरुले नमाज पढ्छन् । नमाज पढ्दा पनि राष्ट्रिय गान गाउन लगाउन मिल्छ ? के मुश्लिम समुदायले मान्न सक्छ ? उहाँहरु नेपालीहरु हुनुहुन्छ तर त्यहाँ एउटा आस्थासँग जोडिएको कुरा हुन्छ ।

बारम्बार सरकारले किन विवादका कुराहरु ल्याईरहेको छ ? यस्तै कारणले सरकारको साख गिर्दै गएको छ । बहुदलिय गणतन्त्रमाथि यस्तै कारणले अनआस्था पैदा हुँदै गएको छ । यस्तै कारण फरक खालको आन्दोलन वा विद्रोह पनि हुन सक्छ । अहिले गाईलाई मारेको कुरा चर्चामा छ । सरकार किन गम्भिर छैन् ?

(प्रधान नेपाली कांग्रेस सांसद हुन् । आईतबारको प्रतिनिधि सभाको वैठकमा प्रधानले पशुपतिमा राष्ट्रिय गित बजाउने व्यवस्था गरिएको प्रति राखेको धारणा जस्ताको तस्तै ।)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy