काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी–मदनवादी, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले आज एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराएका हुन् ।
नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा नेकपा–मदनवादीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् । पार्टीमा स्वागत गर्दै अध्यक्षले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताए ।
उनले नेकपामा समाहित हुने निर्णय सहि निर्णय भएको बताए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेबारी सबै कम्युनिष्टहरु छ ।’
नेकपा–मदनवादीका प्रवक्ता विष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताए ।
यस्तो छ नेकपा–मदनवादीले सार्वजनिक गरेको विज्ञप्ती
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: