परशुरामधाम । डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा उनीहरु निकै खुशी थिए । नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका उनीहरु पाँच वर्ष बितिसक्दा पनि पुल नबन्दा अहिले निराश भएका छन् ।
रंगुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल पाँच वर्षसम्म पनि बन्न सकेको छैन । पुल नबन्दा यहाँका स्थानीय बासिन्दा ज्यानै जोखिममा राखेर नदी तर्ने गरेका छन् । पुल निर्माणको ठेक्का सम्झौता २०७१ असार १८ मा भएको थियो भने २०७४ असार १७ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख थियो । तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल पाँच वर्ष पूरा भइसक्दासम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
स्थानीय नागरिक आफ्ना दैनिक कामकाजका लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने बाध्यता रहेको छ । परशुराम नगरपालिकाको कटाल, रज्यौडा, शीर्ष, परिगाउँ, सिमल्टालगायतका गाउँका स्थानीयवासीले ज्यान जोखिममा राखेर नदी तर्नुपर्छ । विद्यालय जाने बालबालिका तथा दैनिक कामकाजका लागि जाने हरेक व्यक्तिले ज्यान जोखिममा राखेर नदी तर्नुपरेको उनीहरुको दुःखेसो छ ।
स्थानीय स्तरमा बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता प्रमाणपत्र बनाउन तथा अन्य सामान्य कामका लागि समेत नदी तरेर आउने गरेको परशुराम नगरपालिकाका स्थानीय बासिन्दा बताउँछन् । सम्बन्धित निर्माण कम्पनीले तत्काल पुलको काम सक्नुपर्ने र आमजनतालाई भइरहेको दुःखबाट मुक्ति दिनुपर्ने स्थानीय बासिन्दा रामसिंह धामीले बताए । “राज्यले यो पुलको निर्माणको व्यवस्थापन गर्नुपर्छ, ठेकेदार कम्पनीले पनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” उनले भने – “नेपाल सरकारले पनि यसको निर्माण सम्पन्न गर भनेर ठेकेदार कम्पनीलाई कडा निर्देशन दिनुपर्छ ।”
मोटरेबल ब्रिज प्रविधिबाट निर्माण भइरहेको पुलको २५५ मिटर लम्बाइ रहेको छ भने शुरुको बजेट लागत १२ करोड २८ लाख ८१ हजार रहेको थियो । पटक–पटक सम्झौता थप्दै गरेको भए पनि थपेको समयसमेत सकिएको छ । थपिएको म्याद सकिँदासम्म अझै २५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ ।
ठेकेदार ‘मेयर’ बने, पुल बनेन
सडक डिभिजन कार्यालय कुलपाते अन्तर्गत रंगुन नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभी कम्पनीले गरिरहेको छ । यो कम्पनी डडेल्धुरा जिल्लाकै परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदको हो । नगर प्रमुख साउदले आफ्नै नगरपालिकामा रहेको नदीमा पुल निर्माणको जिम्मा लिए । काम सम्पन्न नगर्दै उनी स्थानीय तहको निर्वाचनबाट त्यहीँ नगरपालिकामा नगर प्रमुख पनि भए, तर उनले निर्माणको जिम्मा लिएको पुलको काम भने अहिलेसम्म सम्पन्न भएको छैन । पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् तर, नगर प्रमुख नै ठेकेदार रहेकाले उनीविरुद्ध त्यहाँका स्थानीय बासिन्दा खुलेर बोल्नसमेत नसकिरहेको स्थानीयवासी सन्तोष कार्कीले बताए ।
रंगुन नदीमा पुल निर्माणाधीन अवस्थामै रहेकाले पुलबाट आवतजावत गर्न अझै वषौँ लाग्ने स्थानीय बासिन्दाको अनुमान छ । परशुराम नगरपालिकाको दर्जनौं गाउँका सर्वसाधारण ज्यान जोखिममा राखेर दैनिकी चलाइरहेका छन् तर, राज्यको ठूलो लगानी रहेको पुल कहिले बन्ने हो त्यसको कुनै ठेगान छैन ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: