डोटी । नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना भएकी केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उनको ज्यान जोगिएको जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थीले बताए । उनले भने, “अत्यधिक रक्तश्राव हुँदा निज सुत्केरीको ज्यान नै खतरामा परेको थियो, कर्नेल सरले रगत दिएपछि ज्यान जोगिएको छ ।”
जिल्लामा अहिलेसम्म रक्तश्रावका कारण ज्यान नै जाखिममा परेका करीब ३५ बासिन्दालाई नेपाली सेनाको रुद्रध्वजगणले रगत दिएर ज्यान जोगाएको बताइएको छ । डोटी जिल्लालगायत समग्र सुदूरपश्चिम प्रदेशमा कुनै पनि व्यक्तिलाई रगत आवश्ययक परे उनीहरु नेपाली सेनाको ब्यारेक धाउने गर्छन् । सेनाले आफूमातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत समूह पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका बासिन्दा सेनाको ब्यारेकमा रगत माग्न धाउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनले भने, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ ।”
पछिल्लो समय सैनिकको रगतले यहाँका पहाडी जिल्लामा सयौँ बासिन्दाको ज्यान जोगिएको नेपाली सेना सुदूरपश्चिम पृतना दिपायल राजपुरले जनाएको छ ।
सुत्केरी तथा बिरामलाई रगत दिन पाउँदा आफू निकै गौरवान्वित भएको प्रमुख सेनानी खड्काले बताए । उनले भने, “मैले दान गरेको रगतले एउटा छोरी, चेलीको ज्यान जोगिएको छ, त्यसभन्दा ठूलो मेरा लागि खुशीको कुरो के हुन सक्छ र ?”
निज महिला अहिले स्वस्थावस्थामा रहेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा ब्लड बैंक नभएका कारण यहाँका बासिन्दालाई भनेको बेलामा रगत पाउन मुश्किल हुँदै आएको छ । जिल्लामा नेपाल रेडक्रस सोसाइटी डोटीले रगत सङ्कलन गर्ने भए पनि सङ्कलित रगत राख्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी रामहरि ओझाले बताए । उनले भने, “लामो समयसम्म रगत राख्ने मेशिन नभएका कारण समस्या भएको छ, भनेको बेलामा सेनाले अस्पतालमै आएर रगत दिने गरेका कारण केही बिरामीको ज्यान बचेको छ, नत्र अकालमै धेरैले ज्यान गुमाइसक्थे ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: