चितवन। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ‘सबै जागौँ, सबै लागौँ, वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ’ अभियान सुरु गरेको छ । भरतपुर महानगरमा दिनहुँजसो डेंगु रोग सचेतनाबारे ¥याली निस्केका छन् । भरतपुर–७ वडा कार्यालयले शनिबार विहान सचेतना ¥याली निकालेको छ । उज्जवल टोल, सिजर्ना चोक टोल, माछापुच्छु्रे टोल, शिव टोल, दीपज्योति टोल लगायका वडाभित्रका २९ वटै टोल विकास समितिहरुले छुट्टाछुट्टै ¥याली निकालेका छन् ।
-याली पिसजोन इंग्लिस बोर्डिङ स्कुलमा पुगेर कोणसभामा परिणत भएको थियो । वडाभित्र रहेका विद्यालयहरु राष्ट्रिय माध्यामिक विद्यालय कृष्णपुर, प्रेमबस्ती मावि, पिसजोन इंग्लिस स्कुल, रेडक्रस शाखाहरु, सामाजिक संघसंस्था लगायतले सहभागिता जनाएका थिए । प्रदेश–३ सामाजिक विकास मन्त्रालयले कार्तिक मसान्तसम्म हरेक शनिबाव विहान ७ बजे १ घण्टा ‘खोज र नष्ट गर’ अभियानमा सरिक हुन आग्रह गरेको थियो ।
भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले वडाभित्र लामखुट्टेका बासस्थान खोजी गरी फुल, लार्भा, प्युपा नष्ट गर्न स्थानीयलाई आग्रह गरिएको बताए । उनले वडाले हरेक दिन सरसफाई अभियान चलाउन टोल विकास संस्थालाई आग्रह गरेको बताए । भरतपुर महानगर स्वास्थ्य शाखाका हेल्थ एसिष्टेण्ट अधिकृत सूर्य तिवारीले शुक्रबारसम्मको तथ्यांक हेर्दा भरतपुर क्षेत्रा १ हजार २ सय ३ जनालाई डेंगु संक्रमण फेला परेको बताए । उनले यो वर्ष चितवनमा हालसम्म १ हजार ६ सय ३२ जनामा डेंगु संक्रमण भेटिएको बताए । पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, घरवरिपसरि सफा राख्न अभियाननै चलाउनुपर्ने बताए ।
डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । भरतपुर अस्पतालका फिजिसियन डा. प्रकाश खतिवडाले लामखुट्टेको टोकाइबाट बच्न सावधानि अपाउनुपर्ने बताए । “आफ्नो घर मात्रै सफा राखेर हुदैन, वरिपरिको सफाईमा पनि ध्यान दिनुपर्छ”, उनले भने, “डेंगुको लामखुट्टे सफा पानीमा बस्छ, सफा पानी केही दिन जम्मा भएमा त्यही फुल पार्न सक्छ, हरेक दिन निरीक्षण गर्न नछोडौँ ।” उनले कपुरको धुँवाले लामखुट्टे भाग्न सक्ने भएकाले घरमा कुपरको प्रयोग गर्न सकिने सुझाए ।
शरिर ढाकिने कपडा लगाउन, हात, गोडामा क्रिम वा तेल लगाउन सुझाए । डेंगु गराउने लामखुट्टेले बाटा, टायर, वाल्टिन, गमला, एयर कण्डीसनर, खुल्ला ट्यांकी, थोरै मात्रै पानी जमेका बिर्कोमा फुल पार्न सक्ने भएकाले सावधानि अपनाउनुपर्ने बताए । उनले डेंगु लागेपनि जोखिम समहूका बाहेक अन्य डराउनु नपर्ने बताए ।
“सामान्य ज्वरो आउँदैमा डेंगुनै हो भनेर डराउनुपर्दैन”, उनले भने, “चिकित्सकको सल्लाहमा घरमै बसेर पनि स्वास्थ्य लाभ लिन सकिन्छ ।” ज्वरो तथा दुगाई कम गर्न सिटामोल, फ्लेक्सन, बुफ्रिनको प्रयोग गर्नुभन्दा चिकित्सकको परामर्श लिनुपर्ने बताए । उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरिरमा डावरहरु आउनु, आदी डेंगुका लक्षणहरु हुन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: