काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले बाँके घटनामा संलग्नलाई कारबाहीको प्रक्रिया सुरु गरिएको भन्दै अनावश्यक राजनीतिक मुद्दा नगराउन आग्रह गरेका हुन् ।
बाँके घटनाबारे आईतबार सदनमा बोल्दै गृहमन्त्री थापाले घटनामा संलग्न ३ जनालाई शनिबार नै पक्राउ कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी गराए । गृहमन्त्री थापाले भने, ‘सरकारले घटनाका दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाईसकेको छ । जुनसुकै होस् कानून मिच्ने र शान्ति सुरक्षालाई खलल बनाउने कुराहरु प्रति सरकार गम्भिर छ । त्यसमाथि कडा कारबाही गर्न हामी प्रतिबद्ध छौं । ’
उनले घटनामा संलग्न नेकपाकै कार्यकर्या भएपनि कारबाही प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन । यो घटनालाई राजनीतिक रुपमा नलिन सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’
गृहमन्त्री थापाले नेपाली कांग्रेसको जागरण अभियानमा आक्रमण गर्ने निर्मल खत्री, रोशन सिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरिसकिएको र बाँकीलाई पक्राउ गर्न सुरक्षा परिचालन गरिएको जनाए ।
स्मरणरहोस्, गत भदौ २६ मा बाँकेको खजुरामा नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रममा केहि व्यक्तिहरु पसि आक्रमण गरेका थिए । आक्रमण परि नेपाली कांग्रसकी जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केहि घाईते भएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: