Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

काठमाडौं । अहिले नेपाली मिडिया जगत र सामाजिक सञ्जाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विषयले तातिएको छ । मन्त्री भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा सार्वजनिक रुपमा गरिएको दुव्र्यवहारको विषय बारे मिडिया तथा सामाजिक सञ्जालमा बहस चलेको हो । मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरिएको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाईरल बनेको छ ।

भिडियोमा केहि अराजक शैलीका व्यक्तिले मन्त्रीमाथि विना प्रसङ्गका प्रश्नहरु तेर्साउँदै दुव्यर्वहार गरेका छन् । १०/१२ जनाको समुहले अराजक र असभ्य ढंगले मन्त्रीलाई गाली गरेको भिडियोमा देख्न सकिन्छ  ।

भिडियोमा मन्त्री भट्टराईलाई भनिएको छ, ‘बुद्धिमा अलिकति बिर्को आओस् मन्त्री ज्यू ! पञ्चायतमा यस्तो हुँदैनथ्यो । बहुदलमा यस्तो हुन्न भन्ने थियो । हाम्रो विश्वासलाई धिक्कार छ ।’ अगाडि भनिएको छ, ‘मन्त्रीको संस्कारै छैन् ।’ भिडियो बनाउँदै गरेका व्यक्तिले आफुँहरुले मन्त्रीसँग स्पष्टीकरण मागेको तर नपाएको टिप्पणी गर्छन् ।

प्रश्नकर्ताले मन्त्रीलाई एक घण्टासम्म मोजमस्तीमा बसेर प्लेन रोक्ने भनि प्रश्न तेर्साएका छन् । अराजक समुहले मन्त्रीमाथि बर्गल्ती प्रश्नहरु गर्दै अपमानित व्यवहार गरिरहँदा मन्त्री भट्टराई भने नबोली हेरिरहेका हुन्छन् ।

जानकारीअनुसार मन्त्री भट्टराईमाथि उक्त समुहले रनवेदेखि नै दुव्यर्वहार गरेका थिए । ती समुहले गरेको दुव्यर्वहारको सबै विस्तृतिकरण भिडियोमा छैन ।

भट्टराईको शालिन स्पष्टीकरण

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफुँलाई गरिएको दुव्यर्वहार र आफ्नो कमजोरी बारे सामाजिक सञ्जालमार्फत विस्तृतमा बताएका छन् । उनले आफ्नो कारण यात्रुहरुमा परेको असुविधाप्रति पनि क्षमता मागेका छन् ।

मन्त्रि भट्टराईले आइतबारको कार्यतालिका मिलाउनको लागि बाध्य अवस्थामा नेपालगञ्जदेखि काठमाडौंसम्म आउने बुद्ध एयरको अन्तिम उडानलाई १५ मिनेट मात्रै ढिलो गराएको बताएका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए ।’

उनले प्रश्नकर्ताको सबै कुरा ठिक भएपनि पारसविरुद्धको हस्ताक्षरको कुरा निकालेपछि नियत प्रष्टीएको उल्लेख गरेका छन् । ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दु:ख दिएको छस् ! त्यो हामीले कहाँ बिर्सेंका छौ र ! सम्म भने । त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले ।’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तो थियो वास्तविकता

मन्त्री भट्टराई कैलालीको टीकापुरमा भएको एक महोत्सवमा भाग लिन शनिबार कैलाली पुगेका थिए । कार्यक्रमको उद्घाटन गर्न पुगेका भट्टराईलाई आयोजकले ढिलाई गर्दा विमानस्थल आउन १० मिनेटमात्रै ढिला हुनपुग्यो । जुन विषय मन्त्री भट्टराईले पनि स्वीकार गरेका छन् ।

आईतबार संसदमा जवाफ दिने कार्यक्रमका कारण मन्त्री काठमाडौं नै फर्कनुपर्ने दबाबमा थिए । जसको लागि उनले बुद्ध एयरलाई अनुरोध गरेर वातावरण मिलाउन आग्रह गरेका थिए ।

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बेलुका विमानको उडान समय ६:४८ थियो । जुन समयमा मन्त्रीसहितको टोली विमानस्थल भित्र थियो तर बोडिङ्गको प्रक्रियामा थियो । जसको कारण १० मिनेट अर्थात् ६:५८ मा भट्टराईको टोली जहाजमा पुगेको थियो । मन्त्रीका कारण विमानको उडानमा जम्मा १० मिनेट ढिलो भएको प्रष्ट हुन्छ ।

को थिए मन्त्रीमाथि दुव्यर्वहार गर्ने समुह ?

मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत आफुँलाई दुव्यर्वहार गर्दै गर्दा ति समुहले पारसविरुद्धको हस्ताक्षरको विषय उठाएको उल्लेख गरेका छन् । आफुँले पारसविरुद्धको हस्ताक्षर उठाउँदा तिनिहरुले समस्या भोगेको कुरा बताएको उल्लेख गरेका छन् । भिडियोमा पनि प्रष्टै पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाको कुरा गर्दै मन्त्रीलाई गालीगलौज गरिएको छ ।

मन्त्री भट्टराईमाथि गरिएको दुव्यर्वहार भ्रष्टचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द शाही नेतृत्वको समुहले गरेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री भट्टराईमाथि दुव्यर्वहार भएको विषयमा भिडियो राख्दै ज्ञानेन्द्र शाहीले मन्त्रीलाई ‘रामधुलाई गरियो’ भनि बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यू मुसो लुके जसरी लुक्नु भो । अब नागरिक सचेत भइसके । अरिङ्गालका दिन गन्ती सुरु ।’

दुव्र्यवहार अराजकको पराकाष्ठ

सामाजिक सञ्जालमा राखिएको भिडियोमा पनि मन्त्रीको ढिलो हुनुको कारणभन्दा अन्य कारण उल्लेख गर्दै गाली गरिएको छ । भिडियो प्रष्टै रुपमा मन्त्री भट्टराईमाथि राजनैतिक प्रतिशोध र पूर्वाग्रही व्यवहार गरिएको देख्न सकिन्छ । पारस, पञ्चायती र बहुदलीय व्यवस्थाको विषय उठाउँदै अती अशभ्य खालको अराजक ढंगबाट गाली गरिएको छ ।

निश्चय नै मन्त्रीले ढिलाई गर्नु र उडानमा डिले गराउन राम्रो विषय होइन् तथापि विमानस्थल जस्तो ठाउँमा मन्त्रीले माफी माग्दै गर्दा मन्त्रीमाथि गरिएको गाली गलौज र असभ्य व्यवहार अराजकता बाहेक केहि होइन् । लोकतन्त्रको सौन्दर्य पक्ष भनेको प्रत्येक नागरिकले प्रश्न उठाउन पाउने अधिकार पनि हो तर प्रश्न उठाउने नाममा अति अराजक र असभ्य शैली प्रस्तुत हुनु दुःखद र निन्दनीय काम हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies