Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

पाेखरामा बाढीबाट पाँच सय घरपरिवार समस्यामा

पोखरा । गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् ।बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्फ जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिनुभयो । बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरा लगायत स्थानमा क्षति पुर्याएको बताउँदै उनले लगभग १०० घर उच्च जोखिममा रहेको छ भने । फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको दानबहादुरले जानकारी दिए ।

पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन । खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको उनले जानकारी दिए ।हर्पन खोलाका साथै ठाउँठाउँबाट आएका खहरे खोलाले पामे पोखरा सडक मार्ग अवरुद्ध भएपछि जेसिभी लगाएर बाटो खुलाउने प्रयास गरिएको वडाध्यक्ष तिमिल्सिनाको भनाइ थियो । यसअघि २०७२ सालमा आएको बाढीका कारण उक्त क्षेत्रमा ठूलै क्षति पुर्याएको थियो । बाढीले पोखरा २४ मा टङ्कबहादुर खड्काले सञ्चालन गरेको समाज सुधार कृषि फार्ममा १२५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुबानमा पर्नेमा पोखरा २४ का पूर्णप्रसाद तिमिल्सिना, दुर्गा तिमिल्सिना र सन्तोष हमालको घरमा पानी पसेको छ । नेपालको चेरापुँजीको नामले परिचित पोखरालगायत आसपासको क्षेत्रमा वर्षात्को समयमा पानी नपरी खेत बाँझै रहेका अवस्थामा अहिले अत्यधिक मात्रामा पानी पर्दा स्थानीयवसासी त्रस्त छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE