काठमाडौ । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप –२०७६ अन्तर्गत राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चरणको खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल आज हुने भनिए पनि वर्षाकै कारण फेरि असोज ४ गते शनिबारसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।
प्रगतिशील युवा नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै अन्तिम चरणमा पुगेका थिए । हिजो वर्षाले खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक खेल जितेका थिए । खेलमा पहिलो खेलमा आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो खेल पुलिसले २५–२० ले जितेको थियो । अन्तिमचरणको प्रतिस्पर्धा चलिरहँदा निरन्तर वर्षा भएपछि आजसम्मका लागि खेल स्थगित गरिएकामा आज पनि निरन्तर वर्षा भएकाले शनिबार गर्ने गरी स्थगित गरिएको हो ।
उक्त प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । हिजो भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–२ अन्तरले पराजित गर्दै तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गरेसँगै गण्डकीले रु एक लाख प्राप्त गर्यो भने चौथो स्थान हासिल गरेको एपिएफले रु ५० हजार पायो । त्यस्तै उक्त प्रतियोगिताको बिजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ । अन्तिमचरणको खेल नयाँ बसपार्कथित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा हुनेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: