Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सर्वौच्चको फैसला विवादित छ, पुनरावलोकन हुनुपर्छ

\"\" पहिलो कुरा त कर उठाउने विषयमा कानूनमा जे लेख्या छ अदालतले त्यहि गर्ने हो । अर्को कुरा एउटै मुद्दामा कहिले लाभ कर उठाउ भन्ने कहिले उठाउन पाउँदैन भन्ने खालको जुन विवादास्पद फैसला सर्वोच्च अदालतले फैसला गरेको छ यसले शंका उत्पन्न भएको छ । माघ २३ गते प्रधानन्यायधीस सहितको पूर्ण इजलासले पूँजिगत लाभ कर तिर्नु पर्ने फैसला गरेको थियो । अहिले तिर्नु पर्दैन भनेको छ । यसले गर्दा राज्यलाई अर्वौ घाटा परेको छ । एनसेल जस्ता अर्र्बौै व्यपार गरेको बहुराष्ट्रिय कम्पनिले कर उन्मुक्ति पाउनु त्यो न्यायसंगत छैन । सामान्यतय पूँजिगत लाभकर उन्मुक्ति दिन मिल्दैन । त्यसकारण अदालतको फैसला त्रुटिपूर्ण हुन सक्छ । फैसलाको पूर्ण कपि आएपछि यसलाई पुनरावोलोकन हुनुपर्छ । पाँच जनाको इजलासले गरेको निर्णय उल्टाउन पनि ७ जना वा ९ जनाकाको बृहत पूर्ण इजलास गठन गर्नु पर्छ । त्यसो किन भएन ? पुनरावलोकन गरेर यसलाई करेक्सन गर्नु पर्छ । यसो भन्दैमा अदालतको एक दुईटा फैसलाको आधारमानै अविश्वास गर्नु त हुदैन । अदालत संविधानले निर्दिट गरेको एक सस्था भएकोले यसले गरेको कतिपय त्रुटि सच्याउने विधि र प्रकृया पनि अदालतभित्रै रहेको छ । त्रुटि सच्चिनुपर्छ । फैसलाको पूर्ण पाठ आइसकेपछि सरकारको तर्फबाट कर कार्यलय तथा विभागको तर्फबाट पुनरावलोकनको लागि जान सक्छ । जानुपर्छ । फैसलाप्रति चित्त बुझ्न नबुझ्नु भन्दा पनि यसलाई न्यायीक तरिकाबाट हेर्नु पर्छ । विगतमा एनसेल सम्बन्धी व्यवस्था के छ ? त्यो हेर्नु पर्छ । एनसेल सम्बन्धी आयकरको व्यवस्था पनि छ, पूँजीगत लाभकर सम्बन्धी व्यवस्थापनि छ । समयमा कर नतिरे शुल्क लगाउने व्यवस्थापनि छ । राज्यले सबै कम्पनिलाई करको दायरामा ल्याएको छ । सबैले कर तिरिरहेका छन् । एनसेललाई मात्र लाभांस करबाट उन्मिुक्ति दिन मिल्दैन । अरुलाई कर लाग्ने एनसेललाई कर नलाग्ने त्यो हुन सक्दैन । कानून त सबैलाई बराबर हुनुपर्छ । यसलाई न्यायको सिद्धान्त आधारमा, अन्तराष्ट्रिय प्राक्टिसको आधारमा, प्राकृतिक न्यायको सिद्धान्तको आधारमा हेर्नु पर्छ । सर्वोच्च अदालतकै आचार संहिताको पालना भएको छ कि छैन त्यो पनि हेर्नु पर्छ । विगतमा सर्वोच्च अदालतमा एउटा केस हेरिसकेको छ न्यायधिशले दोर्याउन नपाउने आचरसंहिता थियो । त्यो पालना भएको छ या छैन ? विगतमा ठुला करदाताले एनसेलको लाभांस रोक्न राष्ट्र बैंकलाई पत्र पठाएपछि राष्ट्र बैंकले लाभांस रोक्का गरेको थियो । तर माननीय न्यायधिश डम्बर बहादुर शाहीले एनसेलको लाभाम्स कर विदेश लान पाउने फैसला गर्नु भएको थियो । त्यसकारणले प्राकृतिक न्यायको हिसावले उहाँले मुद्धा हेर्न मिल्ने कि नमिल्ने ? यस्ता त्रुटिहरु सच्याउने निकाय संसद नभइ अदालतनै हो यस्तो गम्भिर विषयमा सम्मानित अदालतको ध्यान जानु जरुरी छ । (गुरुङ नेकपाका प्रमुख सचेतक हुन्)

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies