काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान सर्वस्वीकार्य नभएको भन्दै सरकारको दिपावलीमा सहभागी नहुने बताएका छन् । उनले सरकारमै सहभागी दलले समेत विरोध गरेको संविधान सर्वस्वीकार्य भयो भन्दै दिपावली मनाउने काम गाइजात्रे व्यवहार भएको टिप्पणी गरे ।
महतोले उपेन्द्र यादवप्रति संकेत गर्दै भने, ‘तपाईंको सरकारमा रहेको पार्टीले भोलि संविधान दिवस नमाउने, तपाईंको उपप्रधानमन्त्री भोलि संविधान दिवस नमाउने । सरकार पूरै संविधान दिवस मनाउँने दिपावली गर्ने अवस्थामा छैन अनि आफ्नै पिठ थप्थपाउने ?’
उनले सरकारको नै एउटा पक्षले संविधान दिवस नमाएपछि सरकारको वैधानिकतामाथि प्रश्न उठ्यो कि उठेन ? भनेर प्रश्न गरे । उनले भने, ‘‘हामीले मनाएनौं ठीकै छ, सरकारमा रहेका पार्टी र नेताले मनाउँछ कि मनाउँदैन ?’
उपेन्द्र यादवको नाम नलिई नेता महतोले हिजोसँगै ब्ल्याक आउट गर्ने र आज सरकारमा बसेर न्युट्रल गियरमा बस्न पाइन्छ ? भनेर प्रश्न गरे ।
महतोले उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवलाई लक्षित गर्दै दुई बुँदे सहमती गरेर सरकारमा गएको कुनै औचित्य नभएको बताए ।
महताले सरकारले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै ब्ल्याक आउट गर्ने बताए । उनले ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने बताउँदै तराईका मधेशी, थारु, पहाडका जनजाती र दलितले ब्ल्याकआउट गर्ने उनले बताए । उनले प्रश्न गरे–‘अनि दिपावली मनाउने ? सरकारले त पुरै दिपावली मनाएको छैन, आधी मनाएको छ आधी छैन । कसरी हुन्छ यो ? कुन जनतालाई महत्त्व दिने ? क–कसले दिपावली मनायो सरकारले हेर्नुपर्दैन ?’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: