Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप : हाम्रै सम्पदा चोर्दै चीन विश्वकै लागि खतरा बन्न खोज्दैछ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको बढ्दो सैनिक ताकत विश्वको लागि ठुलो खतरा हुनसक्ने बताएका छन् । शुक्रबार अष्ट्रेलियन प्रधानमन्त्री स्काट मोरिसनसँगको वैठकपछि गरिएको पत्रकार भेटघाटमा ट्रम्पले अमेरिकालाई घेर्न चीनले दक्षिणी चीन सागरमा सक्रियता बढाएको आरोप लगाए ।

ट्रम्पले चीनले आफ्नो सैन्य क्षमता बढाउनको लागि अमेरिकाको बौद्धिक सम्पत्तिको चोरी गरिरहेको पनि आरोप लगाए । उनले भने, “चीनले सैनिक शक्ति बढाउँदै विश्वलाई धम्की दिँदैछ । यसले खुलेआम अमेरिकी बौद्धिक सम्पत्ती प्रयोग गरिरहेको छ । पूर्वअमेरिकी राष्ट्रपतिहरुले हाम्रै बौद्धिक सम्पत्तीको अनुमति दिए । हामीले यसमा उचित कदम उठाउनु पर्ने जरुरत परेको छ ।”

चीनसँग व्यापार सम्झौताको नजिकमा थियौं : ट्रम्प

राष्ट्रपति ट्रम्पले अन्तिम समयमा आएर चीनसँगको व्यापार सम्झौता रोकिएको र सम्बन्ध विग्रिएको बताएका छन् । उनले आफुँले चीनसँगको व्यापारिक सम्बन्ध सकारात्मक रुपमा लैजान खोजेपनि हुन नसकेको बताए । ट्रम्पले अमेरिकाले बाध्यात्मक रुपमा चिनियाँ वस्तुमाथि कर बढाउनु परेको पनि उल्लेख गरे ।

सम्झौता खारेजभएसँगै दुई देशबीच कुराकानीसमेत भएन

विश्वका दुई सबैभन्दा ठुला अर्थव्यवस्था भएका देशबीच अहिले व्यापारिक युद्ध चलिरहेको छ । ट्रम्पले पछिल्लो वर्षको मार्चमा २५० अरब डलरको चिनियाँ उत्पादनमाथि कर बढाईदिएका थिए । यसको जवाफमा चीनले पनि अमेरिकी सामाग्रीको आयातमा कर बढाईदिएको थियो ।

व्यापारिक सम्झौता भंग भएसँगै दुई देशबीच कुराकानीसमेत हुन नसकेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । अमेरिकाले यसअघि पनि चीनसँगको व्यापारिक सम्बन्धलाई लिएर आफ्नो हितलाई चीनले ध्यान नदिए कुराकानी नगर्ने बताउँदै आएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy