काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय समितिमा रहनेहरुमध्ये, आफ्नो भागमा परेको संख्या अनुसारको नामावली साविकको वाईसीएल नेपालले टुंगो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र साविकको युवासंघका भागमा १७६ जना परेको थियो । चार सदस्य पछि मनोनित गर्ने सहमति भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले साविक वाईसीएलको भागमा परेको १५५ सदस्य टुंगो लागेको बताए । तत्कालीन वाईसीएलको केन्द्रीय समिति २१५ सदस्यीय थियो । अब एकताको प्रक्रियामा आउँदा ६० जना छुट्ने छन् ।
तत्कालीन वाईसीएलका अध्यक्षसमेत रहेका दीपशिखाले हरेक जिल्लाबाट एक/एक जना प्रतिनिधित्व हुनेलगायतका तीनवटा मापदण्डको आधारमा १५५ जना छानिएको बताए । उमेर हद ४० वर्ष ननाघेका केन्द्रीय पदाधिकारी तथा सबै प्रदेश संयोजक १५५ जनामा अटाएका छन् । यस्तै प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्यसहित तीन/तीन जना छानिएका छन् ।
यसैगरी केन्द्रीय कार्यालयअन्तर्गत रहेका विभागहरु, आयोगहरु, १६ देखि २४ वर्ष उमेर समूहमा रहेकाहरु तथा समावेशी प्रतिनिधित्वका आधारमा पनि केन्द्रीय समितिमा रहनेहरुको नाम टुंगो लगाइएको छ ।
नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक दीपशिखा र सहसंयोजक रमेश पौडेलले २७ भदौमा सपथग्रहण गर्दा ९ असोजको बैठकबाट केन्द्रीय समिति टुंगो लगाउने भनिएको थियो । तर, पूर्वएमाले निकट युवा संघ नेपालको तर्फबाट भने नामावली टुंगो लाग्न बाँकी छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: