कञ्चनपुर । गरिमा वर्णशङ्कर (हाइब्रिड) जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । रु ४५० प्रति किलोका दरले बीउ खरीद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका छन् ।
‘‘नेपाल सरकारले सूचीकृत गरेको धान भनेर खरीद ग¥यौं,” शुक्लाफाँटा नगरपालिका–७ का किसान लालबहादुर चौधरीले भने, “१२५ दिनमा पाक्ने भनिएको धानमा अहिलेसम्म बाला नै लागेको छैन । धानको बोट निकै राम्रो छ तर बाला नै छैन ।”
“गत वर्ष राम्रै फलेको थियो तर यसवर्ष बाला नलाग्दा लगानी डुबेको छ” उनले भने । बेलौरी नगरपालिकामा झण्डै २० बिघा, शुक्लाफाँटा र कृष्णपुरका गरी ८० भन्दा बढी किसानले १० बिघा जग्गामा गरिमा जातको धान रोपेका थिए ।
धानको फूल फुल्ने समय ९० दिन पुगेपछि शुरु हुने हो बेलौरी नगरपालिका कृषि शाखका प्राविधि हरिश सेटीले भन्नुभयो,“यो धान रोपेका कुनै पनि किसानका धान अहिलेसम्म फुलेकै छैन ।”
धानमा बाला नलागेको समस्या लिएर कार्यालयमा सधैँ किसान पुग्दै क्षतिपूर्तिको माग गर्ने गरेकोे उहाँले बताए । स्थानीय किसान परदेशी चौधरीले गरिमा भनेर अर्कै थरिको धानको बीउ बेच्ने एग्रोभेट सञ्चालकमाथि कारवाही गर्न र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए। दशकट्टा जग्गामा रोपिएको धानमा बाला नलागेकाले वर्षभरका लागि गरिएको मेहनत त्यसै खेरगएको किसान राजबहादुर चौधरीले बताए ।
गत वर्ष निकै राम्रो उत्पादन भएकाले यसवर्ष पनि चर्को मूल्य तिरेर गरिमा जातको धानको बीउ नै खेतमा रोप्यौ उनले भने,“अरुका खेतमा धान पाक्नै लागेको छ । मेरो खेतमा बाला नै लागेको छैन । रुनु न हास्नुको अवस्थामा पु¥याएको छ ।”
मलखाद, सिँचाइ, बीउ, खनजोत गरी रु आठ हजारभन्दा बढी धान रोप्नमै खर्च लागेको उनको भनाइ थियो धानमा बाला नै नलागेपछि लागत खर्च नै डुब्ने भएको कृषक चौधरीको भनाइ थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: