मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्ने बताइएको छ । यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका १९६ जनाको पहिचान गरी परीक्षण गरिएको छ र सबैको नतिजा नकारात्मक आएको छ । “स्थिति निरन्तर निगरानीमा राखिएको छ र आवश्यक सबै जनस्वास्थ्यका उपाय कार्यान्वयनमा छन्”, विज्ञप्तिमा उल्लेख छ । यद्यपि सङ्क्रमित बिरामीको व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन ।
निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुरबाट किसानमा फैलिएपछि पहिचान गरिएको थियो । भारतमा यसको पहिलो प्रकोप सन् २००१ मा पश्चिम बङ्गालमै देखिएको थियो । पछि सन् २०१८ मा केरलामा फैलिएको निपाहबाट कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा सोही राज्यमा दुई जनाको ज्यान गएको थियो ।
यस भाइरसका प्रारम्भिक लक्षणमा उच्च ज्वरो, बान्ता र श्वासप्रश्वास सम्बन्धी समस्या देखिन्छन् । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए। स्वास्थ्य विज्ञका अनुसार फल खाने चमेरा निपाह भाइरसका प्राकृतिक वाहक हुन् र विगतका प्रकोपमा पनि उनीहरूलाई मुख्य स्रोतका रूपमा पहिचान गरिएको छ । हालको अवस्थामा पनि सतर्कता अपनाउँदै निगरानी अझ कडा बनाइएको भारतीय स्वास्थ्य अधिकारीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १७:१६
विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...



प्रतिकृया लेख्नुहोस्: