Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

चीनमा बन्यो अन्तरिक्षयान जस्तो विश्वकै विशाल विमानस्थल

एजेन्सी । चीनमा कम्युनिष्ट शासन ७० वर्ष पुरा भएको अवसरमा चिनियाँ सरकारले विश्वकै सबैभन्दा ठुलो विमानस्थल दाक्सिंग विमानस्थल खुला गरेको छ । राष्ट्रपति शी जिनपिंगले बुधबार राजधानी बेइजिङमा रहेको दाक्सिंग विमानस्थलको औपचारिक रुपमा खुला गरेको घोषणा गरेका हुन् ।

नवनिर्मित दासिङ अन्तराष्ट्रिय विमानस्थल राजधानीदेखि ४६ किमी दक्षिण दासिङ जिल्लामा पर्दछ । विमानस्थल १७३ एकड (करीब ७ लाख वर्ग मीटर)मा फैलिएको छ । अर्को शब्दमा भन्दा करिब १०० फुटबल खेलमैदान बराबर विमानस्थलले क्षेत्रफल ओगटेको छ ।

नवनिर्मित विमानस्थलमा बुधबार चीनको आन्तरिक उडान कम्पनीहरुले उडान भरेका थिए । अन्तरिक्षयान जस्तो देखिने विमानस्थलमा वार्षिक रुपमा १० करोड यात्रीले यात्रा गर्न सक्ने जनाइएको छ ।

विमानस्थलमा थुप्रै खुला ठाउँ सँगै, गार्डेन र आन्तरिक तथा बाह्य उडानको लागि अलग–अलग टर्मिनल पनि भएको जनाइएको छ । २०४० सम्म आठ वना रनवे शुरु गर्ने चिनियाँ सरकारको योजना छ ।

विमानस्थलको विशेषता :

  • ११ अर्ब डलरमा बनेको
  • ७ लाख वर्गमिटरमा फैलिएको
  • वार्षिक ६.२० लाख विमान आउन जाने क्षमता भएको
  • ४० लाख टनसम्मको कार्गो र अन्य सामान ल्याउन सकिने
  • शहरी क्षेत्रदेखि २० मिनेटको दुरीमा

ब्रिटिश वास्तुकारको डिजाइनमा

यस विमानस्थलको डिजाइन ब्रिटिश वास्तुकार जाहा हदीदले तयार पारेका थिए । २०१६ मा हदीदको मृत्यु भएको थियो । चिनियाँ सञ्चार माध्यमका अनुसार यस विमानस्थलको टर्मिनलको मुनि एक ट्रेन स्टेशन र मेट्रो लाईन पनि छ । विमानस्थलमा उत्रिएका यात्रीहरु २० मिनेटमा नै शहर पुग्न सक्छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy