बारा । भारतीय सीमासँग जोडिएको बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपीठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि गढीमाई नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ ।
नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्य भागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी दिए ।
सो क्षेत्रको ऊर्जा, खानेपानी, बाटोघाटो जस्ता पूर्वाधारको विकास गर्न नगरपालिकाले डिपिआरसमेत तयार गरेको बताइएको छ ।
करीब २६५ वर्ष लामो इतिहास बोकेको गढीमाई क्षेत्रमा प्रत्येक पाँच–पाँच वर्षमा धार्मिक मेला लाग्ने गरेको छ । गढीमाई मन्दिरमा मेला भर्न नेपाललगायत भारतबाट लाखौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन् ।
दर्शनार्थीको सुविधालाई ध्यानमा राखी नगरपालिकाले सो क्षेत्रमा बासस्थान, खानेपानी, शौचालय लगायतका व्यवस्था गरेको छ ।
विश्वमा सबभन्दा धेरै बलि दिने गढीमाई विश्वको सबभन्दा ठूलो मेला रहेको छ । सो मन्दिरका ११औँ पुस्ताका पुजारीका रुपमा शिव चौधरी रहेका छन् ।
सो क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न नगरपालिका कटिबद्ध रहेकाले यसमा प्रदेश सरकार र सङ्घीय सरकारको सहभागिता हुनुपर्ने स्थानीयवासीको माग रहेको छ ।
सो मेला असोजदेखि शुरु भई मङ्सिरसम्म रहने गरेको गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: