Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०।४२ विन्दुले बढेर एक हजार १३५।५६ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत ०।६८ विन्दुले बढेर २४७।०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कूल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता शेयर रु १६ करोड ८८ लाख २८ हजारमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह ६।८२ विन्दुले घट्दा बैंकिङ ९।८१, होटल ४९।०२, विकास बैंक ९।८९, जलविद्युत् २०।१८, वित्त ३।१७, निर्जीवन बीमा ६६।४९, उत्पादन ३८।८९, लघुवित्त १०, जीवन बीमा ७१।८६ र सामूहिक लगानी कोष ०।०१ विन्दुले बढेका छन् ।

कारोवारका आधारमा आज सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड १३ लाख ६० हजार २६५ बराबरको कारोवार भयो । यस्तै प्रभु बैंक रु एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक रु एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक रु ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक शेयर रु ७५ लाख र शिवम् सिमेन्टको रु ७० लाख ३४ हजार ७४० मा कारोबार भइ शीर्ष स्थानमा छन् ।

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५।८८, साञ्जेन जलविद्युत् कम्पनी ५।५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५।४४, युनाइटेड फाइनान्स ५।२०, सानिमा माई हाइड्रोपावर ४।८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४।२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३।७०, आँखुखोला जलविद्युत् कम्पनी ३।६३, सानिमा बैंक ३।६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २।९१, सेन्ट्रल फाइनान्स २।६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २।०८ प्रतिशतले गुमाए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE