Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

महरा प्रकरण: महिला सांसद किन मौन ?

काठमाडौँ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए । महराको निजी सचिवालयले विज्ञप्ति जारी गरेर खण्डन गर्न खोजे पनि थेग्न नसकेपछि अन्ततस् उनले सभामुख पदबाटै राजीनामा दिए ।

‘पीडित’ महिला हुनुका साथै घटनाको ४८ घण्टा नबित्दै उनको बोली फेरिँदासमेत महरा आबद्ध दल नेकपाका महिला सांसदहरू कुरा चपाइरहेका छन् । प्रतिपक्षी दलका महिला सांसदहरू पनि मौनप्रायस् छन् ।

संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधिसभामा एक तिहाइ अर्थात् १ सय १२ जना महिला सांसद छन् । महिला सांसदहरूले महराको राजीनामालाई सकारात्मक बताए पनि कतिपयले बचाउ गर्न खोजेका छन् ।

सबैले चासोपूर्वक हेरेको यो विषयमा नेकपाभित्र प्रभावशाली मानिएका महिला सांसदहरूले सामाजिक सञ्जालमा प्रतिक्रियासमेत दिएका छैनन् ।

सत्तारूढ नेकपाकी सांसद गंगा चौधरीले दसैं मनाउन घर (दाङ) गइसकेकाले यस विषयमा प्रस्ट बुझ्न नपाएको टेलिफोनमा बताइन् । ‘साथीहरूले फोन सम्पर्कमार्फत थाहा दिँदा पत्याउनै सकिनँ, संसद्मा शालीन देखिने अभिभावक मान्छेलाई महिलाले फसाएकी हुन्,’ उनले भनिन्, ‘ती महिलालाई म चिन्छु, बोलेको भेउ नपाउने खालकी हुन् । डिप्रेसनको औषधि खाइरहेकी छन् । एकपल्ट मर्न खोजेकी पनि हो, नपत्याए संसद्का स्वास्थ्यकर्मीहरूलाई सोध्नुहोस्,’ उनले कान्तिपुरसित भनिन् । उनले आफूले पनि लामो समयसम्म ‘एनजीओ’ मा रहेर महिला अधिकारको सवालमा वकालत गरेको सुनाउँदै महिला हो भन्दैमा महिला अधिकारको दुरुपयोग गर्न नमिल्ने बताइन् । उनले घटनाको विषयमा सत्यतथ्य भने छानबिन हुनुपर्ने बताइन् ।

नेकपाकी अर्की सांसद आशाकुमारी विकले संसद् सचिवालयमा स्वास्थ्य जाँचका बेला पीडित भनिएकी महिलासँग देखभेट भएको तर विस्तृत जानकारी नभएको बताइन् । ‘घटनाक्रमबाट को सही, को गलत छुट्याउन सकिँदैन,’ उनले भनिन्, ‘सम्माननीय पदमा रहेको मान्छेले त्यसरी गर्न हुँदैन थियो, महिलाले पनि थरीथरी बोल्न नहुने थियो ।’ उनले पनि निष्पक्ष छानबिन हुनुपर्ने बताइन् ।

संघीय समाजवादी फोरम नेपालकी सांसद रेनुकुमारी यादवले सभामुख महरामाथि यस्तो आरोप लागेको सुन्दा आश्चर्यचकित भएको बताइन् । ‘ती महिला गलत हो कि सभामुख, म भन्न सक्दिनँ । सभामुखले एकैचोटि गएर दुर्व्यवहार गर्नुभएन होला,’ उनले भनिन्, ‘पहिलेदेखि चिनजान हो भने अहिले मात्रै किन यस्तो कुरा निकालियो ?’ उनले आरोपप्रत्यारोप गरेर समाजलाई दुस्खी बनाउन नहुने बताइन् । ‘महिलाको विषय भएर सडकमै उत्रिनुपर्छ भन्ने छैन, सरकार छ, छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भनिन् ।

राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले पीडित भनिएकी महिलाबारे थरीथरीका भनाइ आइरहेकाले के सही के गलत बुझ्नै गाह्रो भइरहेको बताइन् । ‘पीडित भनिएकी महिला पहिले प्रस्ट हुनुपर्‍यो, महिला सांसदको सहयोग चाहिएको छ भने हामी तयार छौं,’ उनले भनिन्, ‘महिलाको विषय महिलाले नै बोल्नुपर्छ भन्ने होइन, पुरुषले पनि बोल्नुपर्‍यो, सही–गलत निष्पक्ष छानबिन हुनुपर्‍यो ।’

यस घटनाका सम्बन्धमा नेकपाकी सांसद विन्दा पाण्डेले मंगलबार ट्वीट गर्दै आरोप नै अपराध प्रमाणित हुनु होइन भनेकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘तर, आरोपमा संलग्न पक्षले नागरिक सरह छानबिनका लागि सहज भइदिनु र राज्यको निकायले कानुनतस् प्रक्रिया अगाडि बढाउनु कानुनी राज्यको आभास दिनु पनि हो । जति ठूलो पद, त्यति धेरै जिम्मेवारी कानुनी मान्यता नै हो । तथ्यगत–निष्पक्ष छानबिन पहिलो सर्त हो ।’

पीडित भनिएकी महिलाका अनुसार आइतबार साँझ महराले यौन दुर्व्यवहार गरेपछि उनले करिब ९ बजेतिर प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि पूर्वसभामुख ओनसरी घर्ती, नेकपाकी सांसद पम्फा भुसाल र नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई फोनबाट जानकारी गराएकी थिइन् । घर्ती र भुसालले चासो नदिएको उनको भनाइ थियो । कान्तिपुरले प्रयास गरे पनि घर्ती र भुसाल सम्पर्कमा आउन चाहेनन् । रेग्मीले भने ती महिलाले सहयोग माग्दै फोन गरेको बताइन् । ‘आधारातमा फोन गरेर रुँदै बलात्कार भयो, न्याय चाहियो भनिन्, मैले केही मिडियालाई जानकारी दिएकी थिएँ,’ उनले भनिन्, ‘तर भोलिपल्टै भनाइ फेरिन्, कसले बाध्यता सिर्जना गर्‍यो । महरा र महिलाबारे दूधको दूध पानीको पानी छुट्याउनुपर्‍यो ।’

ती महिलाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पनि घटना भएकै रात म्यासेज गरेर जानकारी गराएको बताएकी थिइन् । उपसभामुख तुम्बाहाङ्फेले भने ती महिलाले सम्पर्क नगरेको र उनीबारे जानकार पनि नभएको कान्तिपुरलाई जवाफ दिइन् । कान्तिपुरबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE