Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भारत-पाकिस्तानबीचको युद्ध कति खतरानाक ?

काठमाडौं । भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको छ । १४ फ्रेबुअरी पुलवामा हमलाभएसँगै दुई देशबीच संवाद हुन सकेको छैन् भने तनाव बढ्दो छ । दुई देशले एकले अर्कोलाई युद्ध गर्ने धम्कीसमेत दिने गरेका छन् ।

यसैबीच अमेरिकी एक अध्ययनले भारत र पाकिस्तानबीचको युद्ध अत्यन्तै भयानक हुनसक्ने जनाएको छ । अध्ययनले दुई देशबीच यदि युद्ध भएमा १० करोडभन्दा बढिको ज्यान जानसक्ने र यसैको कारण विश्वभरी नै भोकमरीसमेत हुनसक्ने डरलाग्दो खुलासा गरेको हाे ।

भारतले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएसँगै भारत र पाकिस्तानबीच तनाव झनै बढिरहेको छ । पाकिस्तानले जम्मू–कश्मीर क्षेत्रका जनतामाथि भारतले अत्याचार गरिरहेको बताएको छ । पाकिस्तानले जम्मू–कश्मीरकै कारण दुई देशबीच युद्धसमेत हुनसक्ने भन्दै अन्तराष्ट्रिय समुदायलाई मुद्दा समाधान गर्नको निमित्त पहल लिनसमेत आग्रह गर्दै आएको छ ।

युद्धले दुनियाभर ठुलो भयावह अवस्था बन्छ

अमेरिकाको रटगर्स विश्वविद्यालयको एक सोध प्रतिवेदनअनुसार भारत पाकिस्तानबीच परमाणु युद्ध भए युद्ध अति भयाबह खालको हुनसक्ने जनाएको छ । युद्धको बेला परमाणु बम दुनियाँको जुनसुकै भागमा पनि खस्न सक्ने र ठुलो विनाश निम्त्याउन सक्ने शोधमा उल्लेख छ । सोध प्रतिवेदनमा दुई देश संयमित हुन नसके २०२५ सम्म परमाणु युद्ध नै हुनसक्ने पनि आशंकासमेत गरिएको छ ।

सोध अध्ययनअनुसार , दुई देश कश्मीर मुद्दामाथि धेरै पटक आमने–सामने भएका छन् । दुवै देशसँग सयौंको संख्यामा परमाणु हतियार पनि छन् । सोधअनुसार २०२५ सम्म भारत र पाकिस्तानका साथमा ४ सयदेखि ५ सयसम्म परमाणु हतियार हुन्छन् ।

विश्वभर नै भोकमरी हुनसक्छ

शोधकर्ताले जनाएअनुसार परमाणु हथियारबाट युद्ध भए ३६ मिलियन टन (३६०० करोड किलो) कार्बन मिश्रित धुँवा वायुमण्डलमा थुप्रिनेछ । केहि हप्ता भित्रै विश्वभर नै फैलिनेछ । धुँवा र रेडिएशनको कारण हावाको तापमान पनि बढ्नेछ । दुनियाभरमा नै नयाँ रोगव्याधी पनि बढ्नेछ । कृषिजन्य उत्पादनमा रेडियशन र तापमानको कारण ठुलो गिरावट आउन सक्नेछ । जसको कारण विश्वभर नै भोकमरी हुनसक्छ । एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy