रूपन्देही । महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकारलाई कुनै पनि अवस्थामा असफल हुने छुट नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना कार्यक्रममा उहाँले सरकार असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँने चेतावनी दिए।
कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उहाँले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहेको बताए । महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजना सम्पन्न भएपछि आमूल परिवर्तन आउनेसमेत बताए ।
महासचिव पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दावी गर्दै
उहाँले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षासहित सरकारका काम कारवाहीलाई आगामी दिनमा अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बताएको समेत बताए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजान र गलत भएको भए खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले प्राप्त गरेको सफलताबाट अत्तालिएकाले सरकारका विरुद्ध भ्रम फैलाउने कोसिस भइरहेकोसमेत उहाँले बताए ।
नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्नुभयो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: