Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

नेपालको अहिलेको आवश्यकता रेल होइन, व्यापारघाटा कम गरी लगानी बृद्धि गर्नुपर्छः पूर्व परराष्ट्रमन्त्री महत

काठमाडाैं । दुई दिने राजकीय भ्रमणको सिलसिलामा चिनियाँ राष्ट्रपति सी जिनफिङ केहि बेरमा नेपाल आउँदै छन् । करिब २३ बर्षपछि हुन लागेको चिनियाँ उच्चस्तरीय टोलीलाई स्वागतको लागि नेपाल सरकारले कुनै कसुर बाँकी राखेको छैन । नव उदयीमान शक्ति राष्ट्र चीनको उच्च तहको नेपाल भम्रणलाई कुटनीति क्षेत्रमा अर्थपूर्णरुपले महत्वका साथ हेरिएको छ । पर्यटन बर्ष २०२०को पूर्वसंध्यामा छिमेकि मुलक चीनबाट उच्च तहको भ्रमण हुनु नेपालकोलागि पक्कै पनि सुखद पक्ष हो ।

राष्ट्रपति सीले नेपाल भ्रमण गर्नुपूर्व नेपालसँगको सम्बन्धकोबारेमा आफ्ना चार बुँदे धारणा प्रस्तुत गरिसकेका छन् । यसलाई कुटनैतिक क्षेत्रमा सकारात्मक भनि व्याख्या बिष्लेशण गरेका छन् । दुई पक्षिय राजनीतिक भ्रमणलाई आपसी सहयोग, विश्वस कायम राख्दै नेपालले चीनसँग राष्ट्रियहितको पक्षमा फाइदा लिन पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारलाई सुझाएका छन् । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसंध्यामा नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व परराष्ट्रमन्त्री महतले खबर डबलीसँग गरेको कुराकानीको सम्पादित अंशः

सरकारले श्रृणमा नफस्ने गरी चिनियाँबाट फाइदा लिनुपर्छ

करिब २३ बर्षपछि छिमेकी मुलक चीनबाट उच्चस्तरको भ्रमण हुनु स्वागत योग्य कुरा हो । यसमा नेपालको तर्फबाट आफ्नो प्राथमिकता सरकारले तय गर्नु पर्छ । हामीले बुद्धिमतापूर्वक सहयोगको खाका तयार गर्नु पर्छ । नेपाल सरकारले विशेष गरी सडक संजाल, सिमा नाका खोल्ने, व्यापार घाटा घटाउने किसिमले तयारी गर्नु पर्छ । नेपालको उत्पादनलाई निर्यात गरी चिनियाँ बजारमा प्रवेश दिलाउन प्रस्ताव गर्नु पर्छ । अहिले पनि नेपलको अन्य निर्यातजन्य पदार्थमा प्रतिबन्ध छ । यसलाई हटाउन पहल गर्नु पर्छ । चिनिया साहायता लिदा जुन आयोजनामा साहायता लिने हो, त्यसमा छिटो र धेरै फाइदा हुने किसिमले मात्र श्रृण लिनुपर्छ । सहुलियत व्याजदर विश्व बैंक, एसियाली बैंकले जारी गरेको जस्तो नभइ एक प्रतिशत भन्दा तल कायम रहने गरी ४०–५० बर्षमा तिर्ने गरी श्रृण लिनुपर्छ । जुन जापानले दिएको छ । नत्र हामी श्रृणको बोझमा पछौं । यस प्रति सरकार चनाखो हुनु पर्छ ।

आपसी मित्रता र विश्वासलाई अझ प्रगाढ बनाउन सरकार सम्वेदनशिल हुनुपर्छ

खासगरी तिब्बतीय मामिलामा नेपालप्रति चीनको पनि संवेदनशिलता छ । जस्तै एक चिन नीति हामी पहिल्यैदेखि लिदै आएको छौं । त्यसमा अडिग हुनु पर्छ । नेपालको भूमी चीन विरुद्ध प्रयोग हुदैन भन्ने आश्वस्थ पार्न सरकारले सक्नुपर्छ । मेरो विचारमा सरकारले बाटोलाई बढि जोड दिनुपर्छ । रसुवागढी– छहरे– टोखा सुरुङमार्गमा फोकस गर्नु पर्छ । यसले हाम्रो धेरै आवस्यकाता पुरा गर्छ । यस्तै कर्णाली करिडोर, कृषि करिडोर, गण्डक करिडोर खोल्न सरकारले सहयोग लिनु पर्छ ।

सरकारले कसैको मुख हेरेर होइन राष्ट्रिय आवस्यकता र देशको स्वार्थ हेरेर काम गर्नु पर्छ

नेपालको अहिलेको आवश्यकता भनेको चिनियाँ लगानी बृद्धि गर्नु हो । उत्पादन बढाउने किसिमको लगानीमा सरकारले जोड दिनु पर्छ । चाहे बिआरआइको माध्यमबाट होस वा इन्डो प्यासेफिकको माध्यमबाट होस् । दुवै तर्फबाट नेपालले फाइदा लिन सक्नु पर्छ । यसमा नेपाल कतै पटि ढल्किनु भन्दा पनि आफ्नो धारणा स्पष्ट पार्नु पर्छ । एकले अर्कालाई अविस्वास हुने काम नेपालबाट हुनु हुदैन । दुवै छिमेकी मुलुकलाई विश्वासमा लिएर नेपालले फाइदा लिनु पर्छ । कसैको मुख हेरेर नीति बनाउनु भन्दा पनि आफ्नो आवस्यकता र देशको स्वार्थ हेरेर नीति बनाउनु पर्छ ।

चिनियाँ लगानी बृद्धि गर्न सरकारको गृहकार्य पुगेन

दुई पक्षिय सम्बन्ध र आपसी सहयोग बृद्धि गर्न सरकारले जति मात्रामा गृहकार्य गर्नुपथ्र्यो त्यसो भएको छैन । सरकारले चिनियाँसँग रेल मार्गको कुरा गरिरहेको छ, त्यसले नेपाललाई तत्काल फाइदा हुदैन । यस्तो आयोजनामा श्रृण तिर्न सक्ने अवस्था नेपालको छैन । तत्काल फाइदा नहुने आयोजनामा सरकारले श्रृण लिएर बनाउन हुदैन । यसलाई दीर्घकालिन नीतिकोरुपमा लिएर अगाडि बढ्नु पर्छ ।

सरकार व्यवहारिक भन्दा पनि बढि उडन्ते भएको छ । सरकारले रेल, पानी जाहाजको कुरा गरेका छन् । त्यो अहिले सम्भव छैन । चिनियाहरु विचार पुर्याएरमात्र कुरा गर्छन । जहाँ रेल सम्बन्धि सम्भाव्यता अध्ययननै भएको छैन । चिनियाहारु सम्भाव्यता अध्ययन पुरा गरौं भनिरहेका छन् । सरकार भने दुईतीन बर्षमै रेल आउने कुरा गर्दै छ । यस्ता अव्यवहारिक काच्चापनाले नेपाललाई फाइदा दिदैन । कुनै प्रविधिक सर्वे भएको छैन । चिनियाँ नाकाबाट रेल ल्याउन सम्बभ सम्भव छ कि छैन ्थाहा छैन । यो त बच्चा पाएको छैन पहिले भोटो सिउने काम भएको छ । कुन कुन आयोजना पुरा गर्न आफ्नो क्षमता छ, कुन क्षमता बाहिरको हो खुड्याउन आवश्यक छ । सरकारले व्यवहारिक भएर यथार्थ किसिमको काम अघि बढाएमात्र नेपालले फाइदा लिन सक्छ । यस दिशामा सरकार अगाडि बढोस् । यही हाम्रो सुझाव छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending