काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल भ्रमणका बेला मधेश केन्द्रित पार्टीका नेताहरुलाई वेवास्ता गरिएको प्रति आपत्ति जनाएका छन् । उनले चिनियाँ राष्ट्रपतिसँग मधेशी नेताहरुको पनि भेटघाट गराउनुपर्नेमा सरकारले वेवास्ता गरेको भन्दै विरोध जनाएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारको कार्यशैलीले गलत परम्पराको विकास भएको भन्दै यस्ता संवेदनशील कुरामा ध्यान पु-याउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भट्टराईले उत्तरी देशका नेता आउँदा हिमाल/पहाड र दक्षिण देशका नेता आउँदा मधेश/तराई हेर्ने परम्परा सरकारले बसाल्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले भनेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो । अन्यथा उत्तरी छिमेकीले हिमालरपहाड र दक्षिण छिमेकीले मधेसरतराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ !’ भट्टराईले भावनात्मक कुरामा संवेदनशील हुनुपर्ने पनि बताएका छन् ।
भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणको बेला कार्यकारी प्रधानमन्त्री अगाडि सर्नुपर्नेमा राष्ट्रपतिलाई अगाडि सारिएको भन्दै विरोध जनाएका छन् । उनले औपचारिक वार्ता र सहमतिहरु कार्यकारीसँग गर्ने परम्परालाई ध्यान नपु¥याइएको पनि बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: