काठमाडौं । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करियरको सात सय गोल पूरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ । सन् २०२० को युरोकप छनोट अन्तर्गत सोमबार राति भएको समूह ‘बी’ को खेलमा पोर्चुगल युक्रेनसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । यस खेलमा रोनाल्डोले गोलगर्दै समग्रमा सात सय गोल पूरा गरेका छन् । रोनाल्डोको राष्ट्रिय टोलीका लागि भने यो ९५औं गोल हो । उनले पोर्चुगलबाट हालसम्म एक सय ६२ खेल खेलेका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा युक्रेनको जितमा रोमन यारेमचुकले छैटौं र एन्ड्री यामोलेन्कोले २७औं मिनेटमा गोल गरे । युक्रेन ७२औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । विपक्षीलाई फलहानेपछि युक्रेनका ताराज स्टेपानेस्को दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । ताराजको त्यही गल्तीमा पोर्चुगलले पेनाल्टीमार्फत गोल फर्कायो ।
पोर्चुगलका लागि रोनाल्डोले पेनाल्टीको सदुपयोग गरेका थिए । दोस्रो हाफमा लगातार मौका बनाएपनि थप गोलगर्न नसक्दा पोर्चुगल हार खेप्न बाध्य बन्यो । जितसँगै युक्रेन युरोकपमा छनोट भएको छ । समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको युक्रेनले सात खेलबाट १९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक पुगेको छ । पोर्चुगलको पनि छनोटको सम्भावना जिवित छ । छनोट चरण पार गर्न पोर्चुगललाई अर्को खेल जित्नुपर्नेछ ।
यही समूहको अर्को खेलमा सर्वियाले लिथुनियालाई २–१ गोलले पराजित गरेको छ । जितसँगै सात खेलबाट १० अंक बनाएको सर्विया तेस्रो स्थानमा छ । सर्वियाले पनि युरोकपमा छनोट हुने सम्भावना जीवित राखेको छ । चार अंक बनाएको लक्जम्बर्ग चौथो तथा एक अंकमा सिमति लिथुनिया समूहको अन्तिममा छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: