के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका प्रश्नले तपाईंको दिमागमा घर जमाएको हुनसक्छ ।
अनलाइन डेटिङले तपाईंलाई थप आकर्षक देखाउन सक्ला ?
के आफ्नो साथीले चाहेको जसरी आफूलाई ढाल्नु ठिक हो ?
के विवाहितहरु बढी खुसी हुन्छन् ?
एउटै साथीसँग जीवन बिताउने बचन तपाईंका लागि सही हो त ?
यी प्रश्नको जवाफ तपाईंका लागि चकित पारिदिने किसिमको हुनसक्छ ।
बीबीसीले एक अनुसन्धानको आधारमा यी प्रश्नको जवाफ खोज्ने कोसिस गरेको छ ।
‘मेरो टाइपको केटा वा केटी’
प्रविधिको दुनियाँमा अनलाइन डेटिङको चलन बढ्दो छ । आज मानिसहरु इन्टरनेटमा नै पार्टनरको खोजी गर्न रुचाउँछन् ।
तर लाखौं मानिसबीच आफू कस्तो देखिने हुँ भन्ने पिरले तपाईंलाई सताएको हुनसक्छ ।
तर, चिन्ता नलिनुहोस् । तपाईं जब कुनै नयाँ तस्बिर हेर्नुहुन्छ त्यो तपाईंको अघिल्लो तस्बिरभन्दा राम्रो देखिन्छ ।
अर्थात्, सुन्दरताको विषयमा हाम्रो धारणा परिवर्तन भइरहन्छ ।
डेटिङ एपमा परिवर्तन भइरहने तस्बिरले हाम्रो सुन्दरताको मानकलाई निरन्तर परिवर्तन गरिरहेको हुन्छ ।
यदि तपाईंलाई सुन्दर मानिसहरुको प्रोफाइल हेरेर हिनताबोध भइरहेको छ भने त्यसलाई मनबाट निकाल्नुहोस् । किनभने यो अस्थायी हो, स्थायी होइन ।
धेरैपटक मानिसहरु एक झट्कामा नै कुनै तस्बिरमा फिदा हुन्छन् । त्यसकारण यस्तो मौका तपाईंका लागि पनि आउन सक्छ ।
हामी जुन अनुहार कम देख्छौं त्यो नै हामीलाई सबैभन्दा आकर्षक लाग्छ ।
मनोवैज्ञानिकका अनुसार हामी जुन अनुहारलाई सररर्ती हेरेर अघि बढ्छौं थुप्रै पटक त्यसलाई पुनः हेर्न मन लाग्छ ।
यसको पछाडि एउटा मनोविज्ञान छ र त्यो हो कतै हामीले आफ्नो सम्भावित साथीलाई छुटायौं कि ?
विपरितले सधै आकर्षित गर्दैनः
केही विशेष बानी हुन्छन् जुन दुबै साथीमा भए राम्रो मानिन्छ । ‘विपरितले आकर्षित गर्छ’ यो भनाई निकै पुरानो हो र गलत पनि ।
पार्टनरबीच जति नै भिन्नता भएपछि कुनै पनि कुरामा सहमत हुने बानी मिल्नुपर्छ । अत्यधिक रिस उठाउने बानी आखिर कसलाई राम्रो लाग्छ र ?
जो व्यक्ति आफूलाई अस्विकार गरिने हो कि भन्ने कुरामा बढी चिन्तित हुन्छन्, त्यस्ता व्यक्तिले जब आफ्नै सोचाईको पार्टनर पाउँछ भने उनीहरुबीचको सम्बन्ध निकै प्रगाढ हुन्छ ।
यदि पार्टनरको राती अबेरसम्म जागा हुने र बिहान चाँडै उठ्ने बानी छ भने यो पनि सम्बन्धको सकारात्मक पक्ष हो । यसले उनीहरुलाई धेरैजसो सँगै राख्न सहयोग गर्छ ।
तर, दुबैको एउटै बानीले कहिलेकाँही समस्या पनि निम्त्याउन सक्छ । यदि कोही व्यक्ति काम प्रति धेरै नै समर्पित छन् र उनका साथीको पनि त्यस्तै बानी छ भने यसले कुरा बिगार्न सक्छ । यस्तोमा यदि एउटा साथी बिन्दास भए दुईको जोडी मिल्छ ।
विवाहले खुसी बढाउँछ तर‘।
यदि तपाईं र तपाईंको जीवनसाथीको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने तपाईंको सम्बन्ध निकै राम्रो हुनसक्छ । तर यसले तपाईंको खुसीसँग के सम्बन्ध राख्छ ?
विवाहले हाम्रो व्यक्तित्वमा स्थायी परिवर्तन ल्याइदिन्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । चार वर्षसम्म १५ हजार जर्मन जनतासँग गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहपछि मानिसहरुमा खुल्लापन र बाहिरी घुमफिर कम हुन्छ ।
हो, विवाहपछि मानिसहरुमा माफी दिनका लागि फराकिलो मन हुन्छ । उनीहरु आफूलाई नियन्त्रण गर्न सिक्छन् । लामो समयसम्म कसैसँग बलियो सम्बन्ध बनाउनका लागि यो अत्यन्त महत्वपूर्ण विशेषता हो ।
विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर यो भाव स्थायी हुँदैन । विवाहको केही वर्षपछि उनीहरु पुनः त्यहि स्थितीमा पुग्छन् जहाँ विवाहअघि थिए ।
त्यसकारण विवाहले स्थायी खुसी दिँदैन ।
साथीसँग छुट्टिदाँको असरः
जो व्यक्ति लामो वैवाहिक सम्बन्धमा थिए, उनीहरुले सम्बन्धविच्छेदपछि ठूलै परिवर्तन देखाउँछन् । अधवैंसे मानिसहरुमाथि गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार सम्बन्धविच्छेद पछि महिलामा खुल्लापन आउँछ ।
तर पुरुषले भने ब्रेकअपलाई राम्रोसँग ह्यान्डल गर्न सक्दैनन् । उनीहरु सम्बन्धविच्छेद पछि सनकी हुन्छन् ।
सम्बन्धविच्छेदपछि महिला होस् वा पुरुष दुबै कम विश्वासिला हुन्छन् ।
सम्बन्धविच्छेदपछि तपाईं आफूलाई कसरी सम्हाल्नुहुन्छ यो कुरा तपाईंको व्यक्तित्वमा भर पर्छ । जो व्यक्ति बर्हिमुखी हुन्छन्, उनीहरु चाँडै नै दोस्रो विवाह गर्छन् ।
तर जसलाई सम्बन्धविच्छेदले सनकी बनाएको छ, उनीहरु अस्थायी सम्बन्ध बनाउँछन् । स्थायी सम्बन्ध बनाउन उनीहरुलाई समस्या हुन्छ ।
रोमान्सयुक्त भविष्यः
कुनै एक साथीसँग जीवन बिताउनु हरेक समाजमा आदर्श मानिन्छ । तर नयाँ जमानाको चलन भने भिन्न छ, अहिले एकै समयमा धेरैसँग सम्बन्ध बनाउने प्रचलन छ ।
यो धोका होइन । कुनै सम्बन्धमा संलग्न मानिसहरु एक–अर्काको अनुमतीमा नै एकभन्दा बढी मानिससँग सम्बन्ध बनाउँछन् ।
अनुसन्धानमा पत्ता लागेअनुसार यस्ता जोडीहरुबीच बलियो मित्रता हुन्छ । एक अनलाइन सर्वेक्षण अनुसार यस्ता जोडीहरु सुरक्षित यौन सम्बन्ध स्थापित गर्छन् ।
तर, तपाईं एकैसाथ थुप्रै सम्बन्धमा हुनुहुन्न भने निराश नहुनुहोस् । तपाईंले यसो गरेर कुनै पनि कुरा गुमाइरहनुभएको छैन । जो व्यक्ति एकैपटक थुप्रै रोमान्टिक सम्बन्ध स्थापित गर्छन् भने थप सम्बन्धका लागि खुल्ला हुन्छन् (मित्रतासहित)।
यस्तो जो मानिसहरु एउटा साथीसँग मात्र समर्पित छन् भने उनीहरुको केही क्षती भइरहेको छैन । एक साथीप्रति समर्पणले पनि तपाईं त्यति नै खुसी दिइरहेको हुन्छ । बीबीसी
प्रतिकृया लेख्नुहोस्: