काठमाडौं । अहिले देशभर चिसो विस्तारै बढ्दै जाँदा तात्तातो चियाको माग पनि बढेको छ। तर, चियाको स्वादमा परिवर्तन आउन थालेको छ — अब धेरैजसो मानिसले चियामा चिनी होइन, सखर राख्न थालेका छन्।
हाल सुगरको डरले धेरै उपभोक्ताले चियामा चिनी राख्ने बानी घटाउँदै गएका छन्। विभिन्न रेस्टुरेन्ट र क्याफेहरूले पनि “कम चिनी” वा “चिनीविहीन चिया” माग्ने ग्राहक बढेको बताएका छन्।
पहिले दूध र चिनी मिसाएर चिया पिउने परम्परा प्रचलित भए पनि अहिले स्वास्थ्य सचेतनासँगै सखरले त्यसको विकल्प लिँदै गएको देखिन्छ। चिनीको सट्टा सखर प्रयोग गर्दा चिया स्वादिष्ट हुने र शरीरलाई तातो राख्न सहयोग पुर्याउने बताइन्छ।
तर, सखर प्रयोग गर्दा सावधानी चाहिन्छ। दुध चिसो हुँदा सखर मिसाउँदा दुध फाट्ने भएकाले तातो दुध प्रयोग गर्न विशेषज्ञहरू सुझाव दिन्छन्। तातो दुध मिसाएर सखर चिया बनाउँदा स्वाद पनि राम्रो हुने र पौष्टिकता पनि कायम रहने उनीहरूको भनाइ छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, अत्यधिक चिनी सेवनले मधुमेह र अन्य रोगको जोखिम बढाउँछ। त्यसैले चिनीको सट्टा सखर प्रयोग गर्ने चलन स्वास्थ्यका दृष्टिले पनि उपयोगी देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: