Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चीन–नेपालसम्बन्ध परम्परागत रुपमा चल्दैन्, पुर्नभाषित गर्नुपर्छ

\"\" काठमाडाैं । परम्परागतरुपमा हेर्दा चीन हाम्रो असल छिमेकी हो । तर, आजको सन्दर्भमा चीन छिमेकीमात्र नभइ महाशक्ति राष्ट्रको दाँजोमा पुग्न खोजेको छिमेकी राष्ट्र हुन खोज्दै छ । चीनसँगको हाम्रो सम्बन्ध पुर्नभाषित गर्नु पर्ने बाध्यता, आवश्यकता र स्वार्थ पनि छ । चीन विश्वको शक्तिकेन्द्र, उपात्पादनकेन्द्र र आर्थिककेन्द्रकोरुपमा उदाएको सन्दर्भमा अब परम्परागत सम्बन्धले मात्र पुग्दैन । उसले हाँसिल गरेको शक्ति, विकास र विश्व राजनीतिमा चीनलाई नेपालको पक्षमा उभ्याउन चीनसँग बुद्धिमत्तापूर्ण, सतर्कतापूर्ण सम्बन्ध विस्तार गर्न परम्परागत तहबाट नेपाल माथि उठ्न जरुरी छ । र, सीको भ्रमणले सद्भाव जित्ने गरी सरकारले २० बुँदे सहमति गरेको छ । मूलतः कसैले त्यो भन्दा राम्रो पनि हुन सक्थ्यो भन्ने तर्क गर्लान् । वास्तवमा सो २० बुँदे सहमति नेपाल र चीन सम्बन्ध माथिल्लो तहमा उक्लने भावनामा मुखरित भएको देखिन्छ । चुनौतिहरु नेपालकोलागि विश्व राजनीति हेर्नु भयो भने तीन वटा पक्ष छन् । अहिले भारत पनि विश्व शक्ति राष्ट्रमा उदाउँदै छ । भारतसँग पनि हाम्रो नजिकको सम्बन्ध छ । समयसमयमा उतार चढाव भएपनि हाम्रो सम्बन्ध राम्रो छ । अर्को, पश्चिमा राष्ट्रहरु छन् । उनीहरुको पनि स्वार्थ छ । यसर्थ, नेपालको भूराजनीति र परम्परागतरुपमा उनीहरुको जुन चासो छ । यी तीनैवटा पक्षलाई नेपालले सन्तुलित व्यवहार गर्नु पर्ने अवस्था छ । तीनै पक्षको आ–आफ्नो चासो छ । चासोभित्र स्वार्थ पनि लुकेको छ । यसमा कुनै सद्भावको चासो छ । कुनै स्वार्थको चासो हुन्छ । त्यसैले यी तीनै पक्षको स्वार्थ र चासोको विषयमा हाम्रो पनि केहि स्वार्थ मिल्छ । राष्ट्रिय सुरक्षाको हिसावले, समृद्धिको हिसावले र कुटनैतिक सम्बन्धको हिसावले विदेशीको चासो हुने विक्तिकै हामीले प्रतिकृयानै गरिहाल्नुपर्छ भन्ने हुँदेन । कहिले काही एक तहसम्म चासोहरु एकै दिशातिर मुखरित भएका हुन्छ । कुनै फरक हुन सक्छन् । उनीहरुको कुनकुन चासो हाम्रो स्वार्थसंग मेल खान्छ र कुनकुन चासो हाम्रो राष्ट्रिय सम्बन्धसँग टकराव हुन्छ । यसमा नेपाल तीनै पक्षसँग प्रष्ट हुनुपर्छ । जहाँसम्म चीनको बिआरआइको कुरा छ, यो एउटा पूर्वाधार विकासको एजेण्डा पनि हो । अर्को, चीनको अर्थतन्त्रसँग वरिपरीका राष्ट्रसँग लजिस्टिक चेन जोड्ने वीनवीन हो । यसमा चीनको स्वार्थ पनि हुन्छ, हाम्रो स्वार्थ पनि हुन्छ । यसमा दुवैको स्वार्थ मिलेको हुन्छ । त्यो सँगसँगै चीन शक्तिराष्ट्रमा आउँदै छ भन्ने संकेत हो । यसको माध्यमबाट चीनले पश्चिमा राष्ट्रसँग टकराव गर्ने लक्ष हुन सक्छ । त्यसमा हामी छिर्न आवश्यक छैन । हाम्रो हैसियत पनि छैन । अर्को, इन्डो–प्यासेफिक रणनीतिकमा पश्चिमाहरुको चासो छ । त्यसमा हामी जानु हुँदैन । यसमा हाम्रो पहिलादेखिको अडान मायमै राख्नुपर्छ । यी दुई रणनीतिमार्फत दुई महाशक्ति राष्ट्रबीच टकराप पर्ने देखिसक्यो । त्यसमा हामीले मिल्ने स्वार्थकोलागि मात्र ग्रहण गर्ने हो । २० बुँदे सहमतिमा समृद्ध नेपाल निर्माणकोलागि महत्वपूर्ण कुराहरु आएका छन् । व्यापारको कुरामा नेपालको उत्पादन चिनियाँ बजारमा कसरी खुल्ला गर्ने भन्ने विषयमा रेलको कुरा आएको छ । यसलाई कार्यन्वय गर्न सकियो भने । व्यापार प्रवद्र्धन निर्यातमा ठिकै हुन्छ । अर्को तर्फ दक्षिणी छिमेकीको चासोे नेपाल उत्तरतिर ढल्कियो भने हाम्रो राष्ट्रिसुरक्षामाथि आँच आउने चिन्ता व्यक्त गरेका छन् । त्यो जायज पनि छ । त्यसलाई हाम्रो राजनीतिक र कुटनैतिक ढंगबाट विश्वास दिलाउनु पर्छ । सरकारले नयाँ शिराबाट राजनीतिक र कुटनैतिक संयन्त्रले तीनै पक्षको सम्बन्धलाई विस्तार गर्नुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies