गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले समाजवादी राज्यसत्तामा कोही पनि धनी र गरिब नभई समान हुने बताएका छन् । शुक्रबार जिल्लाको गण्डकी गाउँपालिका वडा नंं ३ फुजेल स्थित तिवारी गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केही मानिसहरु धनी हुने, धेरै गरिब हुने समाजवादको पक्षमा नेकपा नरहेको बताए । समाजबादमा सबै समान हुने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी गाउँपालिका वडा नंं. ३ र ४ ले संयुक्त रुपमा आज दशै, तिहार, छठ,ल्होसार लगायतका पर्वको अवसर पारी शुभकामना तथा चियापान कार्यक्रममा नेता अधिकारीले देश आर्थिक समृद्धि तर्फ अघि बढेकाले विकास निर्माणका कार्यमा सबै जुटेर अघि बढ्नुपर्ने बताए ।
फरक प्रसंगमा नेता अधिकारीले बुढी गण्डकीको मुअब्जा समयमा नै उपलब्ध गराउन नसकेकामा आफूलाई दुख लागेको बताउँदै तिहार लगतै एक हजार आठसय रोपनी क्षेत्रफलको मुअब्जा वितरणका काम सुरु हुने बताए ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सिना, विष्णु पन्त, वडा नं. ३ का वडा अध्यक्ष दण्डपाणी पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: