Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कास्की क्षेत्र नं. २ को उपनिर्वाचन, समाजवादीलाई उम्मेदवार छान्नै सकस

पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नं. २ मा समाजवादी पार्टीबाट ३ जना आकांक्षी देखिएका छन् । ईञ्जिनियर धर्मराज गुरुङ, हेमबहादुर थापा ‘किरण’ र रामबहादुर नेपालीले उपनिर्वाचनको लागि उम्मेदवार बन्न आकांक्षा देखाएका हुन् ।

प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनको लागि समाजवादीबाट तिनै जनाले दाबी गरेपछि प्रदेश कमिटिले तीनै जनाको नाम केन्द्रमा पठाएको जानकारी दिएको छ । समाजवादीको प्रदेश कमिटिले नाम टुंग्याउन नसकेपछि बिहिबार केन्द्रमा सिफारिस गरेको हो ।

आकांक्षी तीन जनामध्ये धर्मराज गुरुङ र हेमबहादुर थापा ‘किरण’ तत्कालिन नयाँ शक्तिका हुन् भने रामबहादुर नेपाली तत्कालिन संघीय समाजवादी फोरमका हुन् ।

उम्मेदवारको आकांक्षी गुरुङ्ग समाजवादीको गण्डकी प्रदेश कमिटि सदस्य हुन् भने थापा पार्टीको केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष हुन् । यस्तै रामबहादुर नेपाली समाजवादीका केन्द्रिय सदस्य हुन् ।

यसैबीच उपनिर्वाचनको लागि समाजवादी पार्टीले ५०१ सदस्यिय चुनाव प्रचार प्रसार समितिको घोषणा गरेको छ । बिहिबार सम्पन्न समाजवादी पार्टीको विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङको संयोजकत्व र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेलको सहसंयोजकत्वमा चुनाव प्रचार समिति गठन गरेको हो ।

कास्की क्षेत्र नं.२ बाट निर्वाचित तत्कालिन पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द अधिकारी गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन पश्चात उपनिर्वाचन हुने भएको हो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending