काठमाडौं । चीन सरकारको निमन्त्रणामा गएको नेपाली युवा विद्यार्थी नेताहरूको टोली चीनको १५ दिने अध्ययन भ्रमण पूरा गरि शनिबार स्वदेश फर्किएको छ । गत कार्तिक १ गते नेपालका विभिन्न चार दल सम्वद्ध १२ युवा–विद्यार्थी नेताहरुको टोली चीन गएको थियोे ।
१५ दिने अध्ययन भ्रमणका क्रममा नेपाली युवा टोलीलाई चिनियाँ विशेषताको समाजवाद, चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अवगत गराइएको सत्तारूढ नेकपा सम्वद्ध अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।
चीनको शाङ्सी प्रान्तको सिङ्जा मिञ्जु विश्वविद्यालयमा नेपाली युवा नेताहरुका लागि आयोजना गरिएको सेमिनारमा विभिन्न विश्वविद्यालयका प्राध्यापक , चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् सरकारी अधिकारीहरुले भाग लिएका थिए।कार्यक्रम अवधिमा नेपाली युवा टोलीलाई चीनका विभिन्न ऐतिहासिक ठाउँहरुको भ्रमण गराइएको थियोे। त्यसक्रममा हरेक ठाउँ र कार्यक्रममा नेपाली टोलीले नेपाल भ्रमण वर्षको निम्तो दिएको भ्रमण दलका सुरेन्द्र बस्नेतले जनाए ।
भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम, आरति लामा, सुदर्शन शिवाकोटी, कपिल आचार्य र हेमन्त रेग्मी रहेका थिए । नेपाली काङ्ग्रेस सम्वद्ध पवनकुमार यादव, अमिर खड्का र मिरा कटुवाल रहेका थिए।
त्यसैगरी समाजवादी पार्टी, नेपालवाट राष्ट्रिय सभा सांसद रामप्रित पासवन र पुर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीवाट सुवेगमान विजुक्छे रहेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: