काठमाडौं । कुनै समयमा भारत अलग–अलग राज्यमा विभाजित थियो । त्यस समय आचार्य चाणक्यले पुरै भारतलाई एक बनाएका थिए । र उनले चन्द्रगुप्त मौर्यलाई अखण्ड भारत वर्षको सम्राट पनि बनाएका थिए ।
चाणक्यले नीतिहरुको ग्रन्थ निर्माण गरेका थिए । जसलाई चाणक्य नीति भनिन्छ । त्यहि चाणक्य नीतिमा उल्लेख भएका कुराहरुलाई हामीले पालना गर्न सके हामी धेरै समस्याहरुबाट बच्न सक्छौं । अनि जीवनमा धेरै सफलता पनि पाउन सक्छौं । जानौं चाणक्यको एक नीति जसमा बताइएको छ मुर्खबाट किन टाढा रहनु पर्दछ ?
मुर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम् ।
दंपतोः कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।
माथि उल्लेखित श्लोक चाणक्य नीतिको तेस्रो अध्यायभित्रको २१ औं श्लोक हो । यस श्लोकमा चाणक्य जुन ठाउँमा मुर्खको पुजा हुँदैन् त्यो ठाउँमा ज्ञानीको सम्मान हुने बताउँछन् । त्यहि ठाउँमा नै ज्ञानीको कुरालाई ध्यान दिइने उनको तर्क छ । ज्ञानीहरुको ठाउँमा धन–धान्य पनि पर्याप्त संग्रहित हुने र अन्नको एक दाना पनि व्यर्थ नजाने उनको भनाई छ ।
जुन घरमा पति/पत्निको बीचमा वाद–विवाद हुँदैन, सबै प्रेमसँग रहेका हुन्छन् त्यहाँ देवी देवताको पनि बास हुन्छ । त्यस्तो ठाउँमा सुख र समृद्धि पनि सदैव रहिरहेको हुन्छ । त्यस्तो घरमा सुख–शान्ती पनि प्राप्त हुन्छ ।
जुन मानिस मुर्खलाई पुजा गर्दछन् या मुर्खलाई महत्व दिन्छन् उनीहरुले कहिल्यै पनि सुख प्राप्त नगर्ने चाणक्यको तर्क छ । उनी त्यस्ता मानिसहरु सधैं नै दुःखी रहने पनि बताउँछन् । जहाँ धन–धान्यको अपमान गरिन्छ, कुनै पनि कुराको संग्रह गरिदैंन, जुन घरमा पति र पत्नी सदैव झगडा गरिरहन्छन् त्यस्तो घरमा लक्ष्मीको पनि बास हुँदैन् । त्यस्तो घरमा लक्ष्मीको कृपा नभएपछि गलत कामको कारण भएको धन–सम्पत्ति नष्ट हुन्छ ।
यसकारण मूर्ख मानिसको संगतबाट बच्नुपर्ने चाणक्यको बचन छ । थालमा खाना नछोड्ने परिवारमा प्रेम रहिरहन्छ । त्यस्तो परिवार सधै् सुखी हुन्छन् । यदि यी कुरामा ध्यान नदिए त्यो घरमा कहिल्यै पनि दुःखले छोड्दैन् ।
प्रतिकृया लेख्नुहोस्: