Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पश्चिमाहरुको ग्राइण्ड डिजाइनमा नेपाल–भारतबीच सीमा विवाद उब्जाइयो

\"\" एसियामा पहिले देखिनै ब्रिटिस साम्राज्यवादको प्रभुत्व रहँदै आइरहेको छ । उसको नीति भनेको फुटाउ र राज गर हो । प्राकृतिक, आर्थिक र सांस्कृतिक हिसाबले विश्वमा एसिया मजबुद बन्दै गएको छ । त्यसमा पनि चीन आर्थिक रुपले मजबुद बन्दै गईरहेको पश्चिमाहरुलाई मन परेको छैन । इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनलाई असफल बनाउन पश्चिमाहरु अहिले भारतको साथ लिएर पुरै एशियामा फुटाउने र जोड्ने काममा जोडतोडले लागि परेका छन् । खासगरी यस क्षेत्रमा ब्रिटिस कोलनी कालदेखि नै पश्चिमाहरुले आफ्ना खुफिया एजेन्सीलाई प्रयोग छन् । उनीहरु चीन र भारतबीचको सीमा विवादलाई कहिल्यै हल गर्न दिँदैनन् । नेपाल, चीन र भारतबीचमा पनि कहिल्यै सम्बन्ध राम्रो हुन दिँदैनन् । भारत र पाकिस्तानबीचको सीमा विवाद पनि पश्चिमा रणनीतिको उपज हो । ब्रिटिशको यहि नीतिलाई अहिले विश्व साम्राज्यवादी अमेरिकाले अबलम्बन गरिरहेको छ ।
इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनलाई असफल बनाउन पश्चिमाहरु अहिले भारतको साथ लिएर पुरै एशियामा फुटाउने र जोड्ने काममा जोडतोडले लागि परेका छन् ।
बदलिदो विश्व परिवेशमा साम्राज्यवादी शक्तिलाई ध्वस्त बनाउन तेस्रो मुलुकका देशका नेतृत्वकर्ता, ब्यूरोक्य्राटहरु र नीति निर्माताहरु एक ठाउँमा आउन आवश्यक देखिन्छ । नेपालको हकमा पश्चिमाहरुको फुटाउ र राज गर नीतिलाई क्रस गर्न सबै राजनीतिक दल, नेपाली जनता युनिफाइट हुन तयार हुनुपर्छ । पहिलो कुरा आन्तरिक रुपले राजनीतिक दलहरु तयार हुनु पर्छ । दोस्रो, एसियाली मुलुकहरु पनि युनिफाईट हुने कोशीस गर्नु पर्छ । छिमेकिसँग युनिफाइट हुनु पर्छ । एकले अर्कोलाई निषेध गर्ने, सिध्याउने लाइनमा गयो भने पश्चिमाहरु हावी हुन्छन् । महाभारत युद्ध जस्तो भाइभाइ फुट्ने गभार लुट्ने तरिकाबाट नेपालीहरु आफुआफै लड्न थालियो भने सार्वभौम शत्ता गुम्ने खतरा छ । यस्तो अवस्थामा एशियाली मुलुकहरुको एकता, त्यसमा पनि दक्षिण एशियाली मुलुकबीचमा सम्बन्ध विस्तार हुन जरुरी छ । नेपालले चीन–नेपाल–भारतबीच बृहत्तररुपमा सहमति, सहकार्य र एकताबद्ध भएर यस क्षेत्रको चासो, सार्वभौमसत्ताको रक्षा र विकासको लागि विगतका भुलबाट पाठ सिकेर आपसी विश्वास बढाउन जुक्ति निकाल्नु पर्छ । अब पनि पश्चिमाहरुको दलाली गरेपछि कुर्सीमा पुग्न पाइन्छ, कुर्सीमा पुगेकाले टिकाइ रहनको लागि पश्चिमाहरुको दलाली चाकडि गर्नुपर्छ भन्ने मानसिकताले गर्दा सार्वभौमसत्तामाथि खतराको घण्टी बजिरहेको छ । उदारणको लागि पश्चिमाहरुले कश्मीर मुद्दा उचालेर मिल्नै नदिएर फुटाउने रणनीतिमा लागेका छन् । कश्मीर सीमा विवाद खासै ठुलो मुद्दा होइन, त्यसमा खेलेर ठुलो इस्यु बनाइदिएको हो । नेपाल र भारतको सीमानामा पनि कहिले कताको, कहिले कताको सीमा विवाद उचालेर मिल्न दिएका छैनन् । एक जमानामा गल्ति नै गरिएको रहेछ भने पनि समय परिवर्तनसँगै सच्याएर अघि बढ्न सकिन्छ । यतातिर ध्यान नदिइ एकले अर्कालाई बिच्काउने, सिध्याउने, हेप्ने र पेल्ने दिशातिर अग्रसर भइरहेको छ । यो ग्राइण्ड डिजाइ सबै पश्चिमाहरुको हो । हाम्रा शासकहरु उनै पश्चिमाहरुको चाकरीमा लागेका छन् । अहिले सीमानाको कुरै छाडौं, मुलुक नै सिध्याउने दिशातर्फ पश्चिमाहरु जाँदै छ । उनीहरुबाट एशियाकै मानचित्र उलटपुलट गर्ने, सार्वभौम अधिकार समाप्त गर्ने, यस क्षेत्रका स्वतन्त्र राष्ट्रको अस्तित्व समाप्त पार्ने खतरा बढिराखेको छ । (गुरुङ सत्तारुढ नेकपाका प्रमुख सचेतक हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies