Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीका लागि सल्लाहकार नियुक्ति गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको लागि सल्लाहाकार पूर्ति गर्न मन्त्रिपरिषदको वैठक बस्ने भएको छ । बालुवाटार स्राेतले जनाएअनुसार राजीनामा स्वीकृत भएका सल्लाहकार सदस्यको ठाउँमा नयाँलाई नियुक्ति गर्न मन्त्रिपरिषद वैठक बस्न लागेको हो ।

प्रेस सल्लाहकार डा. कुन्दन अर्यालसहित ६ जनाको राजीनामा यसअघि स्वीकृत भईसकेको छ । कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोपत्रकार कृष्ण पौडेल, विकास विज्ञ घनश्याम भट्टराई, कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको हाे।

बालुवाटार स्रोतले जनाएअनुसार रिक्त रहेको सल्लाहकारहरुको पद आज नै पूर्ति हुनेछ । जनाइए अनुसार प्रेस सल्लाहकारमा सूर्य थापा र जनसम्पर्क सल्लाहकारमा दीपक कार्कीलाई ल्याउने तयारी गरिएको छ । नेकपाका केन्द्रिय सदस्यसमेत रहेका थापा प्रचार विभाग उपप्रमुख पनि हुन् । जनसम्पर्कमा आउन लागेका कार्की झापाका पूर्वसांसद हुन् ।

रिमालसहित अन्य यथावत रहने

मुख्य सल्लाहकार विष्णु रिमालसहित सचिवालयको आधा टिम यथावत रहने भएको छ । राजीनामा दिएकामध्ये ६ जनाको मात्र स्वीकृत भएपछि अन्यको जिम्मेवारी यथावत रहने भएको हो ।

सचिवालयकै जिम्मेवारीमा रहनेमा मुख्य सल्लाहकार रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सञ्चारविज्ञ रामशरण बजगाई छन् ।

निर्वाचन क्षेत्र हेर्ने स्वकीय सचिव होम थापा, दिपेन्द्र दाहाल पनि साविक जिम्मेवारीमा रहने भएका छन् । त्यस्तै अवैतनिक सूचना प्रविधि सम्बन्धी विज्ञ असगर अली, महेन्द्र श्रेष्ठको पनि जिम्मेवारी यथावत रहेको बालुवाटार स्रोतले जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending