काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गेरेका छन् । दुबईमा उनले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम छ ।
‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नेछन् । त्यस्तै उनले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्नेछन् ।
उहाँले आर्थिक समृद्धिका लागि विदेशी लगानी भित्र्याउन प्राथमिकता दिने सरकारको नीतिअनुरुप नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल गर्नुहुने छ । नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका व्यवसायी एवम लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्नुहुने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।
सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् । यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी हुन लागेको हो ।
भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सहसचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन् । उनीहरुलाई रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बिदाइ गरे। उपप्रधानमन्त्री तथा रक्षामन्त्री मङ्सिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: