Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भारतले सेना फिर्ता लगोस्, हामी जसरी पनि आफ्नो भूमी फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले भारतलाई आफ्ना सेना तुरुन्त फिर्ता लैजान आग्रह गरेका छन् । उनले छिमेकी राष्ट्रको भूमिमाथि आफ्ना सेना राख्नु न्यायसंगत नभएको भन्दै आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका हुन् ।

राष्ट्रिय युवासंघको शनिबारदेखि काठमाडौंमा सुरु राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “हामीलाई अरुको जमिन चाहिदैन । हाम्रो पनि एक इन्च जमिन कसैलाई दिँदैनौं । भारतले आफ्ना सेना हाम्रो भूमिबाट फिर्ता लगोस् ।”

ओलीले सीमासमस्या अहिलेको मात्रै नभएको पनि बताए । “सिमा समस्या अहिलेको होईन, यो पहिलेदेखिको समस्या हो”, उनले भने, “सीमा समस्यालाई लिएर राष्ट्रिय एकता देखिनु, युवाहरु सडकमा आउनु सकारात्मक कुरा हो ।”

केहि नपाएर सरकारको विरोध गर्दैछन्

प्रधानमन्त्री केपि शर्मा ओलीले अर्थविहिन रुपमा सरकारको विरोध भइरहेकाे भन्दै आलोचना गरेका छन् । उनले केहि आत्मकेन्द्रित र केहि नपाएकाले सरकारको विरोध गरेको टिप्पणी गरे ।

“अहिले सरकारको दुई तरिकाबाट बिरोध भएको छ, एक आत्मेकन्द्रीत र अर्को केहि नपाएकोमा बिरोध”, ओलीले अगाडि भने, “अझ भनौं कम्युनिष्ट भएकै कारण सरकारको विरोध ।”

अस्वस्थताका कारण ड्यासमा गएनन् ओली

शनिबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय युवा संघको एकता भेलामा पुगेका पार्टी अध्यक्ष ओली अस्वस्थताका कारण ड्यासमा जान सकेनन् । उनले आफ्नो सम्बोधन अतिथिको आसनबाटै गरे ।

पार्टीको भातृ संगठनको राष्ट्रिय एकता भेलामा सहभागि भएका ओलीले एकता प्रक्रिया सफल हुँदै गएको भन्दै खुसी व्यक्त गरे । युवाहरुलाई सम्बोधन गर्दै ओलीले भने, “हामी संक्रमणकाल अन्त्य गरी यहाँ आएका छौ । राष्ट्रिय एकता, स्वाधिनको पक्षमा सरकार छ । हिजो सामन्ती राजतन्त्र थियो आज त्यस्को अन्त्य भएको छ । आज छोटो अवधिमा अन्तराष्ट्रिय मञ्चमा नेपालको कुरा सुनिन थालेको छ ।”

युवाहरुलाई हौसला दिँदै ओलीले केहि वर्षभित्र विश्वलाई नै चकित पार्दै नेपालले विकासमा फड्को मार्ने पनि बताए । “प्रकृतिले हामिलाई ठगेको छैन । अब केहि समयभित्र बिश्वलाई चकिता पार्दै बिज्ञान र प्रबिधिमा फड्को मार्छौैं । ४२ प्रतिशत युवा रहेकोले उत्पादनमा निरास हुनु पर्दैन । युवाहरु सकारात्मका सोचका साथ अगाडी बड्नु पर्छ । निर्यात प्रवद्धन नगरि व्यापार घाटा सन्तुलन गर्न सकिदैन । युवाहरु उत्पादन बढाउन लाग्नुपर्छ ।”

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending