काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय वैठकले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपि शर्मा ओलीको मन्त्रिपरिषद पुर्नगठन गर्ने बारेको प्रस्तावलाई अनुमोदन गरेसँगै तयारी तिव्र बनेको हो ।
पार्टी सचिवालयले स्वीकृति दिएसँगै पुर्नगठन आज या भोली (मंगलबार)सम्म गर्ने गरि तयारी थालिएको बुझिएको छ । मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रधानमन्त्री ओलीले अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाललगायतसँग पनि बेग्लाबेग्लै छलफल थालेका छन् । ओलीले पुर्नगठनको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा पु-याएको पार्टी स्रोतले जनाएको छ ।
तर मन्त्रीपरिषदबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे भने पार्टीका शीर्ष नेताहरुबीच कुरा टुंगी नसकेको जनाइएको छ । मन्त्रि हेरफेर गर्दा पार्टी सन्तुलन मिलाउन आवश्यक रहेको कारण ओलीले शीर्ष नेताहरुसँगको छलफल तीव्र बनाएका हुन् । यद्यपि मन्त्री पुर्नगठनबारे प्रधानमन्त्रीसमेत रहेका ओलीलाई यसअघि बसेको सचिवालय वैठकले विशेषधिकार दिएको थियो ।
प्रचण्ड र नेपालबीचको भेट
मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्न सोमबार बिहान पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधब नेपालबीच प्रचण्ड निवास खुमलटारमा करिब एक घण्टा लामो छलफल भएको थियो । नेता द्धयबीचको छलफलमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको पनि जमघट रहेको थियो ।
पार्टीका विभिन्न निर्णयबाट आफुँलाई किनारा लगाउँदै आईएको बताउँदै आएका नेपालले प्रचण्डसँग आफुँ निकटका नेताहरुलाई पनि मन्त्रि बनाइनुपर्ने माग राखेको पार्टी स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीचको भेटवार्तामा केहि मन्त्रिहरुको सूची पनि तयार भएको बताइएको छ ।
अन्तिम निर्णय लिन ओली र प्रचण्डबीच भेटवार्ता हुँदै
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद सदस्यको अन्तिम निर्णय लिन आज नै प्रचण्डसँग छलफल गर्ने भएका छन् । पार्टी स्रोतले जनाएअनुसार अहिले बेलुका ५ बजेका लागि दुई अध्यक्षबीच भेटवार्ता तय भएको बताइएको छ। फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी स्वरुप भेटवार्ता गर्न लागिएको हो ।
ओलीले सोमबार बिहान मात्रै सिंहदरबारमा आफ्नो टिमका केही मन्त्री र सल्लाहकारसँग छलफल गरेका थिए। ओली–प्रचण्ड भेटवार्तामा हट्ने र नयाँ आउने मन्त्रिहरुको नाम टुंगो लगाउने सम्भावना छ।
नेकपा स्रोतका अनुसार अध्यक्षद्धयको छलफल पछि मन्त्रिहरुको नाम टुंगो लाग्ने र एक दुईदिन मै मन्त्रिपरिषद पुर्नगठनको काम सुरु हुनेछ ।
सम्बन्धित समाचार
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: