Ntc summer Offer
Khabar Dabali २२ कार्तिक २०८१ बिहीबार | 7th November, 2024 Thu
Investment bank

कर्मचारी तहबाट होइन् प्रधानमन्त्री तहबाट विवाद टुंग्याउनु पर्छ

\"\" सन् १८१६ मा नेपाल र ब्रिटिसबीच सुगौली सन्धि हुँदा पश्चिममा लिम्पियधुरालाई आधार मानि सीमा निर्धारण गरिएको थियो । त्यसको विपरित नेपालको भूमि आफ्नो नक्सामा समेटेर अहिलेको भारतले सम्झौता उल्लघंन गरेपछि विवाद सिर्जना भएको हो । सुगौली सन्धिले लिम्पियाधुराबाट उत्पन्न भएको नदीलाई कालीनदी भनेको छ । त्यहि काली नदीलाई अहिले महाकाली नदी भनिन्छ । सन्धीमा लिम्पियाधुराबाट उत्पन्न भएको काली नदीको पश्चिमतर्फ भारतको र पूर्वतर्फ नेपालको भूमि भनेर छुट्याएको हो । अहिलेको नेपालको भूभाग भनेको लिम्पियाधुरा, कालापानी र लीपूलेक त्यो सबै काली नदीको पूर्व तर्फका हुन् । नक्साले नै उक्त क्षेत्र नेपालको हो भन्ने कुरा प्रष्ट पार्छ । कालापानी क्षेत्र नेपालको भूमि हो भन्नेमा कुनै सन्देह छैन । त्यस क्षेत्रमा वि.सं. २००९ सालदेखि भारतीय सेना आएर बसेको हो । अहिलेको समस्या भारतले कब्जा गरेको नेपालको भूमि कसरी फर्काउने भन्ने हो । तत्काललिन अवस्थामा अधिक्रमित भूमि फिर्ता गर्न नसक्नुको कारण जनतामा पनि यो विषयमा पूरै जानकारी थिएन । राजनीतिक पार्टीहरु पनि एकआपसमा विभाजित थिए । त्यो विभाजित भएको कारणले गर्दा यो समस्या लम्बिदै गयो । परिणामस्वरुप भारतले भूमि कब्जा गर्ने स्थिति रहिरह्यो । अब परिस्थिति फर्किएको छ । राष्ट्रियताको बारेमा जनतालाई पनि जानकारी भएको छ । हाम्रो मातृभूमि फिर्ता लिनुपर्छ भनेर जनता लागिपरेका छन् । हिमाल, पहाड र तराईका जनताहरु एकजुट भएर आन्दोलन गरीरहेका छन् । राजनीतिक पार्टीहरुबीच राष्ट्रिय एकता भएको छ । अधिक्रमित भूमि फिर्ता गर्न राजनीतिक दल एक ठाउँमा उभिएका छन् । यसले एउटा राजनीतिक शक्ति निर्माण भएको छ । भारतले नेपालमाथि आँखा गाड्नुको कारण पहिलो कुरा भारत स्वतन्त्र भएदेखि नै उसले नेपालमाथि अनुदारवादी नीति र हेपाह प्रवृत्ति अबलम्बन गर्दै आएको छ । भारत अंग्रेजबाट स्वतन्त्र भएदेखि नै उसको नेपाल नीतिमा कुनै परिर्वतन आएको छैन । उसले नेपालको भूमिप्रति आँखा गाडिरहेको छ । उसले नेपालको भूमि अतिक्रमण गर्ने नीति नै लिएको छ । भारले कालापानी मात्रै होइन; सुस्ता, लक्ष्मणपुर लगायत नेपालको धेरै भूमि अधिक्रमण गरेको छ । भारतले भूमिसँगै नेपालको जलस्रोतमा पनि कब्जा गर्ने नीति लिएको छ । भारतसँग जतिपनि सन्धि सम्झौता भएका छन् । त्यसमा भारतले विभिन्न तिक्डम मच्चाई आफु अनुकुल सम्झौता गरेको छ । यसैगरी भारतले आफ्ना नागरिकलाई नेपालमा नागरिकता दिलाउने पनि रणनीति नै अपनाएको छ । बैधानिक तबरबाट नेपालमा उसका नागरिकलाई अधिकारसम्पन्न बनाउन भारत लागिपरेको छ । माइक्रो म्यानेजमेन्ट गर्दै हस्तक्षेप भारत नेपालको राजनीतिक दलहरुलाई एकआपसमा लडाउने, आफु अनुकुल व्यक्तिलाई अगाडि बढाउने योजनामा सक्रिया छ । उसको स्वार्थविपरित हिड्ने व्यक्तिलाई समाप्त पार्ने खेलमा भारत निरन्तर लागि परेको छ । यो नीति भारत स्वतन्त्र भएदेखि कै नीति हो । भारतको नेपाल नीति जुन अनुदारवादी रहेको छ । त्यो नीतिलाई परिवर्तन गर्न नेपालले सक्नुपर्छ । यसरी सीमा समस्या समाधान नहुनुमा भारतले नेपालको राजनीतिमा सूक्ष्मरुपले प्रवेश गर्यो । उसले नेपालका राजनीतिक दललाई एकआपसमा मिल्न दिएन । दलहरुको बीचमा द्वन्द सिर्जना गरि राख्यो । त्यसले गर्दा नेपालले सामुहिक आवाज उठाउन सकेन । भारत यसमा सफल भईरहेको अवस्था छ । यसरी गर्न सकिन्छ समाधान ? नेपाल र भारत छिमेकी दुई छिमेकी मुलुक हुन् । दुई छिमेकीबीचको सम्बन्ध पनि महत्वपूर्ण छ । भारतलाई हामी चाहिन्छ । हामीलाई पनि भारत चाहिन्छ । हामीबीच कहिले विवाद त कहिले मित्रता छ । भारतसँग देखिएका विवाद समाधानको लागि बैज्ञानिक तबरबाट मैत्रिपूर्णरुपले समस्याको हल गरिनु पर्छ । भारतसँग कर्मचारी तहबाट होइन, प्रधानमन्त्री तहमै वार्ता गर्नुपर्छ । यसको पहल प्रधानमन्त्री ओलीले गर्नुपर्छ । भारतका प्रधानमन्त्री ओलीसँग तत्काल वार्ता अगाडि बढाउनु पर्छ । कुटनैतिक च्यानलबाट कुरा गर्नु पर्छ । नेपाल उच्च मनोबल बनाएर भारतसँग प्रस्तुत हुँदा भारलाई पनि बोल्ने ठाउँ छैन् । उसले पनि नेपालको भूमि फर्काउने अवस्था रहन्छ । दोस्रो भारतले मान्दै मानेन र कुटनीतिक च्यानलाई टार्नेमात्र काम गर्यो भने अन्तिम विकल्प भनेको यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । र, अन्तर्राष्ट्रिय अदालतसम्म जानुपर्छ । अधिक्रमित नेपालको भूमि फिर्ता गर्न अहिले उपयुक्त वाताबरण छ । पहिलो कुरो दुईपक्षिय वार्तालाई नै प्राथमिकता दिनुपर्छ । जब दुईपक्षिय वार्ताबाट समाधान निस्कन सकेन भने अन्तर्राष्ट्रिकरण गर्ने र अदालतमा जाने हो । (विश्लेषक कार्की, पूर्व प्रेस काउन्सीलका अध्यक्ष हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy