Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दशीप्रमाण र दस्तावेज कै आधारमा सीमा विवाद टुंग्याउन सकिन्छ

\"\" नेपाल–भारतबीचको सीमा समस्या आउनुमा नेपालको कमजोरी रहँदै आएको देखिन्छ । सुगौली सन्धि पछि सन् १९६२ मा चीनसँग युद्ध भयो । त्यसबेलादेखि भारतले कालापानीमा आफ्ना सुरक्षा बल राख्दै आएको हो । यसबीचमा सचिव स्तरीय, मन्त्री स्तरीय, कुटनैतिक स्तरीय वार्ता भए पनि सार्थकता पाउन सकेन । आज भारतले बलमिचाईं गर्दै नेपालको भूभाग कालापानी, लीपूलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाको निम्ति यो जटिल समस्या हो । सधैं कुटनीतिक वार्ता भनेर हुँदैन । यसबाट अब समस्या समाधान हुँदैन । दुई देशको प्रधानमन्त्रीबीच वान टु वान वार्ता गरेर समस्या समाधान गर्नु पर्छ । दुईपक्षिय वार्ता पारदर्शी र स्पष्ट हुनुपर्छ । भारतसँगको सिमा विवाद कति ठाउँमा हो त्यो एकिन हुनुपर्छ । लीपूलेक, कालापानीमा भारतीय सुरक्षा बल बसिरहेका छन् । त्यहाँ हाम्रो सुरक्षा फौज छैन् । तत्काल भारतीय सेना हटाएर नेपाली सेना राख्ने काम अगाडि बढाउनुपर्छ । जतिपनि हाम्रा दशीप्रमाण, दस्तावेज छन्, यसलाई पेश गरेर कुटनैति र राजनैतिक तबरले हल गर्नु पर्छ । भारतको प्रधानमन्त्री र चीनका राष्ट्रपतिबीच नेपाललाई नसोधी लीपूलेकलाई व्यापारीक नाका खोल्ने जुन सहमति भएको छ, यसमा चीनको नियत पनि ठिक देखिएको छैन् । यसमा दुईपक्षिय, त्रिपक्षिय र वान टु वान वार्ता हुनुपर्छ । विगतबाट पाठ सिकेर राष्ट्रिय एकताको पक्षमा एकजुट हुनु पर्ने अवस्था सिर्जना भएको छ । यसको नेतृत्व प्रधानमन्त्रीले लिनुपर्छ । तत्काल उनले वार्तालाई अगाडि बढाउनुपर्छ । राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाईराखेको छ गृहमन्त्रीले जवाफ दिइरहनु भएको छ ? यस विषयमा प्रधानमन्त्रीको आधिकारीक धारणा आउनु पर्छ । यति हुँदा पनि भारत सहमतिमा नआए अनर्राष्ट्रिय अदालत जानु पर्छ । संयुक्तराष्ट्रसँगको बडापत्र, पञ्चशिलको आधारको सिद्धान्तलाई अगाडि बढाउनु पर्छ । राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्सा सार्वजकिन गर्न, तत्काल कालापानीबाट भारतीय सुरक्षा बल हटाई प्रत्येक १० किलोमिटरमा नेपाली सुरक्षा बल स्थापना गर्न निर्देशन दिएको छ । यस निर्देशनलाई प्रधानमन्त्रीले मान्नु पर्छ । कार्यन्वय नभएको खण्डमा प्रधानमन्त्रीलाई समितिमा उपस्थिति गराउँछौं । (कांग्रेस नेतृ संग्रौला राज्य व्यवस्था समितिकी सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies