Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

पार्टी एकीकरण भएयताको डेढ वर्ष 'सेरेमोनियल' अध्यक्ष महसुस - भयो प्रचण्ड

काठमाडौं ।मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्‍यो, स्थायित्व हुनुपर्‍यो । विकास निर्माणले गति लिनुपर्‍यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै भने, ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’

कान्तिपुर दैनिक लेख्छ - अध्यक्ष दाहालले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि उल्लेख गरे ।‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने, ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो । अब त्यो स्थितिको अन्त्य भयो । दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं ।’

दुवै अध्यक्षको कार्यकारी भूमिका स्पष्ट गर्ने हालैको निर्णयले सरकार र पार्टी सञ्चालनमा सहज हुने उनको भनाइ थियो । उनले तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएयताको डेढ वर्ष आफूलाई ‘सेरेमोनियल अध्यक्ष’ भएजस्तो महसुस भएको अनुभूति पनि सुनाए । ‘गएको डेढ वर्षमा मलाई कार्यकारीजस्तो फिल भएन,’ उनले भने, ‘मलाई कार्यकारीका रूपमा काम गर्न त्यति सहज वातावरण थिएन । अबचाहिँ सहज भयो, दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो ।’

पार्टी सचिवालयको बुधबारको निर्णयले ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ पुरानो सहमति प्रतिस्थापन गरेको दाहालको भनाइ छ । ‘यो निर्णयले गत वर्ष जेठ २ गतेको सहमतिलाई प्रतिस्थापित गर्‍यो, अब केही कन्फ्युजन आउँदैन,’ उनले स्पष्ट पारे ।

पार्टी एकीकरणकै बेला एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको जिम्मा लिनेबारे छलफल भए पनि सहमति नभएको उनले जानकारी दिए । ‘प्रधानमन्त्री पनि, अध्यक्ष पनि र वरीयतामा पनि एक नम्बरमा हुँदा त अर्को अध्यक्षको भूमिका छ भन्न सिद्धान्तले हुने तर व्यवहारमा नहुने अनुभव भयो,’ उनले भने, ‘अहिले दुई अध्यक्षको कार्यकारी अधिकारसहित भूमिका विभाजन भएको छ ।’ अब पार्टीको कार्यकारी अध्यक्षका रूपमा के भूमिका हुन्छ भन्ने प्रश्नमा दाहालले भने, ‘एउटा त बैठकको अध्यक्षता गर्ने, एजेन्डा प्रस्तुत गर्ने, अध्यक्षको हैसियतले निर्णय गर्ने कुरासँग यो सम्बन्धित छ ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending